नेभिगेशन
समाज

अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार चक्रवात ‘अर्नब’को सम्भावित प्रभाव सम्बन्धमा प्रमुख राजमार्गहरुमा प्रारम्भिक पहिरो जोखिम आंकलन तथा पूर्वसूचना जारी गरेको हो ।  

Extreme Energy

सूचनामा चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी केही दिनमा नेपालको विशेषगरी नारायणी, बागमती र कोशी नदी जलाधार तथा आसपासका क्षेत्रमा वर्षा भई राजमार्गको क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने देखिएको भन्दै हुन सक्ने सम्भावित पहिरोजन्य जोखिमसम्बन्धी आंकलन गरिएको उल्लेख छ । 

सूचनाअनुसार पहाडी तथा भिरालो भू-बनोट भएका राजमार्ग खण्डहरूमा पहिरो खस्ने, ढुङ्गा खस्ने/झर्ने र सडक भासिने सम्भावना छ । नदी किनारका सडक खण्डहरूमा नदीको जलसतह बढेर बाढी तथा कटानको जोखिम हुने सम्भावना छ । पहिरो र बाढीका कारण सडक अवरुद्ध हुँदा यातायात सञ्चालन तथा अत्यावश्यक वस्तुको ढुवानीमा असर पर्न सक्ने सम्भावना छ ।सानाठूला खहरे खोला तथा कल्भर्टमा पानीको बहाव बढेर सडक क्षति हुने सम्भावना रहेको उल्लेख छ । 
यसैगरी सूचनामा जोखिममा रहन सक्ने प्रमुख राजमार्ग खण्डहरू उल्लेख गरिएको छ । 

चक्रवात ‘अर्नब’को प्रभावले नारायणगढ-मुग्लिन सडक खण्ड (त्रिशूली र नारायणी नदी किनार), कोशी राजमार्ग तथा सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधार क्षेत्रसँग जोडिएका सडक खण्ड र अन्य पहिरोको इतिहास भएका तथा नदी किनारका राजमार्ग खण्डहरू जोखिममा रहेको उल्लेख छ । 

सूचनामा बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय...
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
बनेपा सडक खण्ड दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य छ– सुनिल लम्साल

बनेपा सडक खण्ड दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य छ– सुनिल लम्साल

लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण पुनः सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दुई महिनाभित्र उक्त सडकखण्डमा कालोपत्रे सम्पन्न...
फेरि किन उचाल्न खोजिँदैछ राष्ट्रवादको नारा ?

फेरि किन उचाल्न खोजिँदैछ राष्ट्रवादको नारा ?

राष्ट्रियता र राष्ट्रवादको नारा यति शक्तिशाली हुन्छ कि यसले कुनै दल चिन्दैन, कुनै वर्ग चिन्दैन, कुनै समुदाय चिन्दैन । जब राष्ट्रियतामा आँच आउँछ– नेपाल मात्रै होइन, संसारका कुनै...