नेभिगेशन
समाज

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

इलाम । तीन वर्षदेखि अलपत्र मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडकको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय इलामले ठेक्का तोडेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गतको ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्ने आयोजना पटक–पटक म्याद थप्दा पनि ४७ प्रतिशत मात्रै भौतिक प्रगति भएको मन्त्रालयले जनाएको छ।

Extreme Energy

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो।

सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ। त्यस्तै, ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।

ठेक्का अन्त्य गरिएको सडकखण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञान केन्द्रमा राख्न विश्वप्रकाशको आग्रह

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ

महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा...
बनेपा सडक खण्ड दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य छ– सुनिल लम्साल

बनेपा सडक खण्ड दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य छ– सुनिल लम्साल

लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण पुनः सुरु भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दुई महिनाभित्र उक्त सडकखण्डमा कालोपत्रे सम्पन्न...

भर्खरै