नेभिगेशन
सबै कुरा

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ (तस्विरहरु)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८१’ व्यानर प्रदर्शन र  पुष्पवृष्टि गरिएको थियो । 

Extreme Energy

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व सहभागी भएका छन् । 

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।

बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने

अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ ।