नेभिगेशन
सबै कुरा

प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँका अवसरमा नक्सालस्थित सशस्त्र प्रहरी गणमा  मौलो पूजा गरेका छन् । नेपाल प्रहरीले हरेक वर्ष मौलो पूजा गर्दै आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस अवसरमा उनले मौलो पूजाका निम्ति विशेष कार्य गरेबापत प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र थारुलाई नगद पुरस्कार प्रदान गरे । 

Extreme Energy

पूजामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो । पूजापछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । 

नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त  गरेपश्चात हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा पूजा गर्ने परम्पराअनुरूप आज सम्पूर्ण प्रहरी एकाइमा पनि मौलो पूजा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

आज  सम्झौता गर्दै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकि हुन् । सम्झौतामा उनले अस्पतालको सरसफाइ, श्यया उपलब्धता, बिरामीको प्रतीक्षा...
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिए

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

‘अर्नब’को सम्भावित असर: राज्यका निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए पनि वर्षा, हिमपात र...
अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने

अर्नब चक्रपातबाट मुख्य राजमार्ग प्रभावित हुने

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ ।