नेभिगेशन
सबै कुरा

भाटभटेनीका मीनबहादुरले गरे एमाले पार्टी कार्यालयको शीलान्यास, भवन पनि गुरुङलेनै बनाइदिने

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालय भवन शुक्रबार शिलान्यास गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने  पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यासमा केपी शर्मा ओली सहित उनकी पत्नी राधीका शाक्य तथा भाटभटेनीका सञ्चालक मीनबहादुर र उनी पत्नी सावित्री गुरुङले पुजा गरेका थिए । 

Ncell
Extreme Energy

एमालेको नयाँ पार्टी कार्यालय बनाउन मीनबहादुरले १० रोपनी १४ आना जग्गा सहयोग गरेको एमालेका महासचिव शङ्कर पोखरेलले दाबी गरे ।

अहिलेको पार्टी कार्यालय हरेक वर्ष डुबानमा पर्न थालेपछि एमालेले व्यापारी गुरुङसँग जग्गा मागेर भवन बनाउन थालेको हो । एमालेका एक नेताका अनुसार भवन निमार्णकाे लागत पनि गुरुङलेनै व्यहोर्ने छन् । 

शीलन्यासका क्रममा गुरुङले अर्को घटस्थापनाका दिन एमालेलाई नयाँ भवनमा सार्ने घोषणा गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।
रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

रास्वपा केन्द्रीय समिति बैठक सुरू (तस्बिर)

आजको बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकलसम्बन्धी दस्तावेज निर्माण, केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय समिति सदस्य, विभाग प्रमुख, स्थानीय निर्वाचनका लागि केन्द्रीय...
सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

सुपर एल निनोको जोखिमबारे ऊर्जामन्त्रीको यस्तो चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले सुपर एल निनोको सम्भावित प्रभावबाट नेपालमा विद्युत्, सिँचाइ र कृषि क्षेत्रमा गम्भीर जोखिम आउन सक्ने भन्दै तत्काल पूर्वतयारी थाल्नुपर्ने बताएका छन्।
अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा किन उठ्यो चुरोटमा कर घटाउने माग ?

अस्ट्रेलियामा चुरोटमा लगाइएको उच्च करका कारण कालोबजारी र संगठित अपराध बढेको विशेषज्ञहरूले औंल्याएका छन् । उनीहरूले सुर्ती–तम्बाकु कर घटाउँदै कानुनी चुरोटको मूल्य सस्तो बनाउनुपर्ने बताएका हुन् ।