नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् ।  उनीसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चनामा सहभागी भइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादसैँका सन्दर्भमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...

भर्खरै