नेभिगेशन
सबै कुरा

आजकाे माैसमः यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

Ncell
Extreme Energy

असोज २८ गते सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...

भर्खरै