नेभिगेशन
सबै कुरा

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी÷महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत १७ हजार तीनसय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्र गरेका छन् ।

Extreme Energy

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एकसय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एकसय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए ।  ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन् । यही असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्धहुँदा हवाई उडानमा चाप भएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवना यात्रुको खचाखच भीडभाड थियो । अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...