नेभिगेशन
सबै कुरा

असोज ११ र १२ गतेको वर्षा जलवायु परिवर्तनको असर हो:जलवायु विज्ञ

काठमाडौँ । जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा  पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणलीमा फेरबदल  हुनु जलवायु परिवर्तनको असरको रुपमा लिन सकिने प्रतिक्रिया दिए । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उनको भनाई छ । 

Extreme Energy

उनले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यन्वयन गर्न आवश्यक भएको बताए ।  “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथामिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उनले भने । 

मौसमविद् विष्णु घिमिरे पनि  मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिए । जलवायु परिवर्र्तनको असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उनको  बुझाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...