नेभिगेशन
सबै कुरा

बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति

राजविराज । हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँधलार्ई भत्काउँदा क्षति भएको छ । हुलाकी सडकअन्तर्गत पर्ने महादेवा गाउँपालिकास्थित चिम्टीमा पनि नहरको केही भाग भत्केको छ ।  क्षतिका कारण नहर पूर्णरुपमा बन्द छ । बाढीबाट ५० लाखभन्दा बढीको क्षति भएको उनले जानकारी दिए । 

Extreme Energy

लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई  कोशी पम्प चन्द्रनहर डिभिजन कार्यालयले विगत दुई वर्षदेखि पुनःनिर्माण गर्दै थियो । नहर बन्द भएपछि यहाँका किसान चिन्तित भएका छन् । नहर मर्मतसम्हार प्रारम्भ गर्न स्रोत–साधन जुटिनसकेको अध्यक्ष यादवले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...