नेभिगेशन
सबै कुरा

गौशाला धर्मशालाको मोही भएको पत्र ल्याउन मारवाडीलाई पशुपति विकास कोषको चुनौती

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबारल  कोषले पत्रकार सम्मेलन गरि मारवाडी सेवा समितिसंग करार रद्द गर्ने निर्णयबिरुद्ध परेको मुद्धामाथि अदालतले नै कोषको पक्षमा फैसला गरेकाले कानूनी प्रावधान र प्रक्रिया अनुसार नै पशुपति धर्मशालाको जिम्मेवारी कोषले लिएको स्पष्ट पारेको हो ।

Extreme Energy

अदालतको फैसलापछि धर्मशाला संचालन व्यवस्थापनको नीति बनाई सञ्चालनका लागि काठमाडौं महानगरसंग सहमति भएको कोषले जनाएको छ । धर्मशालाको व्यवस्थापन महानगर र सञ्चालन कोषले गर्ने कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।

पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएकोले विधि, कानुन बमोजिम नै सञ्चालन हुने थापाले बताए ।

उनले स्थानीय सरकार भएकाले धर्मशाला व्यस्थापनका लागि काठमाडौं महानगरसंग सहकार्य गरेको जिकिर गरे । 

गौशाला धर्मशालाको मोहीका सम्बन्धमा २०२१ सालको नापीमा गौशाला रहेको र २०४२ मा गाइगोठ र धर्मशाला भनेर नापी भएको कोषले जनाएको छ । कोही कसैले कुनै व्यक्ति विशेष वा कुनै निकायलाई अन्यथा लेखिदिएकै भएपनि सोही आधारमा कानुनी हक प्राप्त गरेको मान्न नसकिने कोषले स्पष्ट पारेको छ ।  कोषले आफु मोही हो भने भूमिसुधारको पत्र ल्याउन पनि मारवाडी सेवा समितिलाई चूनौति दिएको छ । २०५८ मा गौशाला धर्मशाला शव्द मिलाएर मिल्दोजुल्दोहुने गरि जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामक संस्था दर्ता गरिएको देखिएको कोषले जिकिर गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

यस्तो छ पाँच दिनको मौसम, कहाँकहाँ पर्नेछ पानी?

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही...
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...