नेभिगेशन
सबै कुरा

डडेल्धुरामा रात्रिबस दुर्घटना अपडेटः घाइतेहरूकाे विवरण, कसकाे अवस्था के छ ?

डेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन्  । उनलाई  उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूकाे पनि विवरण प्राप्त भएकाे छ । जिल्ला प्रहरी कायार्लयडडेल्धुराले उपलब्ध गराएकाे घाइतेहरूकाे परिचय र अवस्था :

Extreme Energy

१) चालक ऐ.ऐ. बस्ने वर्ष २४ को वीरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, धनगढी तर्फ रिफर गरेको।

२) जि.डडेल्धुरा आलिताल गा.पा. १ बस्ने वर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट ) अवस्था मध्यम। धनगढी तर्फ रिफर।

३) जि.बैतडी पुर्चौडी न.पा. ७ बस्ने वर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम।

४) ऐ.ऐ. वडा न. ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद (दुवैहात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम।

५) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने पर्ष ६५ कि धनमति साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम।

६) जिल्ला बैतडि पुर्चौडि न.पा. ८ बस्ने वर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम।

७) ऐ.ऐ. वडा न. ७ बस्ने वर्ष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट ) अवस्था मध्यम।

८) ऐ.ऐ. बस्ने वर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम।

९) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट ) अवस्था मध्यम।

१०) ऐ.ऐ बस्ने १० बस्ने वर्ष अन्दाजी २५/२६ को धन बहादुर महरा। टाउकोमा चोट अवस्था मध्यम।

११) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने वर्ष २५ को दिनेश साँउद (छाति ,टाउकोमा चोट) अवस्था सामान्य।

१२) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने वर्ष ३५ कि बिमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्गमा अब शुल्क लाग्ने, कुन सवारीलाई कति ?

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...
मनास्लुको स्याउ गोदाममै थन्कियो

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् ।