नेभिगेशन
सबै कुरा

डडेल्धुरामा रात्रिबस दुर्घटना अपडेटः घाइतेहरूकाे विवरण, कसकाे अवस्था के छ ?

डेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन्  । उनलाई  उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूकाे पनि विवरण प्राप्त भएकाे छ । जिल्ला प्रहरी कायार्लयडडेल्धुराले उपलब्ध गराएकाे घाइतेहरूकाे परिचय र अवस्था :

Ncell
Extreme Energy

१) चालक ऐ.ऐ. बस्ने वर्ष २४ को वीरेन्द्र बोहरा (दुबै आँखा, मुख, टाउको, दाहिने खुट्टामा चोट) अवस्था सिरियस, धनगढी तर्फ रिफर गरेको।

२) जि.डडेल्धुरा आलिताल गा.पा. १ बस्ने वर्ष २१ को मुकुन्द बोहरा (कम्मर, टाउको, मुखमा चोट ) अवस्था मध्यम। धनगढी तर्फ रिफर।

३) जि.बैतडी पुर्चौडी न.पा. ७ बस्ने वर्ष २४ को नवराज साउँद (बाँया आँखा, टाउको, कम्मरमा चोट) अवस्था मध्यम।

४) ऐ.ऐ. वडा न. ६ बस्ने वर्ष २४ को राजेन्द्र साउद (दुवैहात, खुट्टा, टाउकोमा चोट) अवस्था मध्यम।

५) जि. कञ्चनपुर कृष्णपुर न.पा. ५ बस्ने पर्ष ६५ कि धनमति साउँद (आँखा, बाँया खुट्टा निधार, कम्मरमा चोट ) अवस्था मध्यम।

६) जिल्ला बैतडि पुर्चौडि न.पा. ८ बस्ने वर्ष ४२ को पदम बहादुर बोहरा (कम्मर, टाउकोमा चोट) अवस्था मध्यम।

७) ऐ.ऐ. वडा न. ७ बस्ने वर्ष २८ को नवराज सिंह रतुकी (टाउको, कम्मर, छातिमा चोट ) अवस्था मध्यम।

८) ऐ.ऐ. बस्ने वर्ष २० को सुरेन्द्र रतुकी (अनुहार, कम्मर, टाउकोमा चोट ) अवस्था मध्यम।

९) ऐ.ऐ. वडा न. १० बस्ने बर्ष ४० को दामोदर महरा (कम्मर, छाती, मुखमा चोट ) अवस्था मध्यम।

१०) ऐ.ऐ बस्ने १० बस्ने वर्ष अन्दाजी २५/२६ को धन बहादुर महरा। टाउकोमा चोट अवस्था मध्यम।

११) जि. कञ्चनपुर कृष्णपुर न.पा. ४ बस्ने वर्ष २५ को दिनेश साँउद (छाति ,टाउकोमा चोट) अवस्था सामान्य।

१२) जिल्ला दार्चुला मार्मा गा.पा. ५ बस्ने वर्ष ३५ कि बिमला महता (दाहिने हात, खुट्टामा चोट) अवस्था सामान्य।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...