नेभिगेशन
सबै कुरा

बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुने बढ्दै

१६ असाेज, कालीकाेट : कालीकोटमा बालविवाह नरोकिँदा कलिलै उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । बालविवाहका कारणले जिल्लामा २० वर्षमुनिको उमेरमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०७९/८० मा कालीकोटमा २० वर्ष मुनिका गर्भवतीको सङ्ख्या तीन सय ८१ रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटको तथ्याङ्कमा छ । उमेर नपुगी विवाह गरेकै कारण अधिकांश महिलाहरुमा शारीरिक तथा मानसिक समस्या बढ्दै गएको र बालबालिकालाई पनि विभिन्न समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सङ्केत विश्वकर्माले बताए। 

Extreme Energy

“समुदायस्तरमा हुने कार्यक्रम नियमित सञ्चालन भइरहेको छ, दुई वर्षमा निःशुल्क रूपमा सामुदायिक स्वास्थ्य एकाइमार्फत उल्लेखनीय रूपमा स्वास्थ्य सेवा लिएका पाइएको छ, नौ पालिकामध्ये सात पालिकामा डाक्टरसहितको सेवा सञ्चालन भएको छ”, उनले भने, “हामीले नियमित रुपमा जनचेतनाका काम गर्दा पनि बालविवाह र कलिलै उमेरमा आमा हुनेको सङ्ख्या बढेको छ ।”

सुत्केरी प्रोत्साहन कार्यक्रममार्फत यातायात भाडा नियमित उपलब्ध गराउने गरेको र स्थानीय तह तथा जिल्ला अस्पतालमार्फत सुत्केरी सेवा सञ्चालन गर्दै आएको डा विश्वकर्माले जानकारी दिए । “स्वास्थ्य सेवा कार्यालयको भवन जीर्ण भएको र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुका पनि भवनको अवस्था जीर्ण रहेका छन्”, उनले भने, “बर्थिङ सेन्टर ३७, क्षयरोग डट्स सेन्टर ३३, सुरक्षित गर्भपतन सेवा केन्द्र १५, आयुसिडी सेवा प्रदायक स्वास्थ सेन्टर १३, इमप्लान्ट सेवा प्रदायक संस्था ३१ र अस्थायी परिवार नियोजन सेवा ११ रहेका छन् ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...