नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको विपक्षी दलको ठहर, सामूहिक प्रतिवाद गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको विपक्षी दलको बैठकले ठहर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्ता जोड घटाउको अङ्कलाई लिएर ओली सरकारले बिना आधार र प्रमाण रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोधको प्रयास गरेको भन्दै त्यसको सामूहिक प्रतिवाद गर्ने समझदारी शुक्रबारको बैठकमा बनेको माओवादी नेता शक्ति बस्नेतले बताए ।

Ncell
Extreme Energy

शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बोलाएको विपक्षी दलको बैठकमा यस्तो समझदारी बनेको नेता बस्नेतको भनाई छ । 

‘बिहीबार बालुवाटारमा भएको प्रमुख तीन दलको बैठकमा पनि प्रचण्डले यसबारे स्पष्ट रुपमा नेताहरूलाई बताउनुभएको छ,’ नेता बस्नेतले भने, ‘आज पनि सो विषयमा हामीले छलफल गर्याैँ । नियमित र कानुनसम्मत विषयमा हाम्रो आपत्ति छैन । यसलाई रास्वपाले  पनि सघाउने कुरा नै छ। तर,बिना कारण राजनीतिक प्रतिशोध साँध्न खोजे सामूहिक प्रतिवाद हुन्छ। हामी सबै एकै ठाउँमा छौँ भन्ने आजको बैठकमा छलफल भयो ।’ 

बैठकमा सरकारको काम कारबाही जनमुखी नभएको, सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त भएको, विपद्मा जनताको उद्धार र राहतमा उदासिन बनेको लगायतका विषयमा छलफल भएको नेता बस्नेतले जानकारी दिए ।

सरकारको काम कारबाही जनमुखी बनाउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबैलाई विपक्षी दलको तर्फबाट ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ। सरकारले तत्काल नियमित संसद्को अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने निर्णय पनि बैठकले गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् ।
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै