नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको विपक्षी दलको ठहर, सामूहिक प्रतिवाद गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको विपक्षी दलको बैठकले ठहर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सत्ता जोड घटाउको अङ्कलाई लिएर ओली सरकारले बिना आधार र प्रमाण रास्वपा सभापति रवि लामिछानेलाई प्रतिशोधको प्रयास गरेको भन्दै त्यसको सामूहिक प्रतिवाद गर्ने समझदारी शुक्रबारको बैठकमा बनेको माओवादी नेता शक्ति बस्नेतले बताए ।

Ncell
Extreme Energy

शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक रुपमा बोलाएको विपक्षी दलको बैठकमा यस्तो समझदारी बनेको नेता बस्नेतको भनाई छ । 

‘बिहीबार बालुवाटारमा भएको प्रमुख तीन दलको बैठकमा पनि प्रचण्डले यसबारे स्पष्ट रुपमा नेताहरूलाई बताउनुभएको छ,’ नेता बस्नेतले भने, ‘आज पनि सो विषयमा हामीले छलफल गर्याैँ । नियमित र कानुनसम्मत विषयमा हाम्रो आपत्ति छैन । यसलाई रास्वपाले  पनि सघाउने कुरा नै छ। तर,बिना कारण राजनीतिक प्रतिशोध साँध्न खोजे सामूहिक प्रतिवाद हुन्छ। हामी सबै एकै ठाउँमा छौँ भन्ने आजको बैठकमा छलफल भयो ।’ 

बैठकमा सरकारको काम कारबाही जनमुखी नभएको, सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त भएको, विपद्मा जनताको उद्धार र राहतमा उदासिन बनेको लगायतका विषयमा छलफल भएको नेता बस्नेतले जानकारी दिए ।

सरकारको काम कारबाही जनमुखी बनाउन राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि सबैलाई विपक्षी दलको तर्फबाट ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ। सरकारले तत्काल नियमित संसद्को अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने निर्णय पनि बैठकले गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...