नेभिगेशन
सबै कुरा

सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन सुरू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन सूर भएको छ । सहकारी ठगीको बहानामा रवि लामिछानेमाथि राजनीति प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ता सहित समर्थकहरु प्रदर्शनमा जुटेका छन् । प्रदर्शनका लागि पोखराको मानवअधिकार चोकमा मानिसहरु जम्मा भैरहेका छन् । साथै सहकारी ठगीमा प्रत्यक्ष जोडिएका नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पक्राउ माग गर्दै नाराबाजी समेत गरेका छन् । भर्खरै सूरु भएको प्रदर्शन प्रहरी कार्यालयसम्म पुग्ने जनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले पोखरा सहित काठमाडौँ, चीतवन तथा देशका मुख्य ठाउँहरुमा प्रदर्शन गर्ने जनाएको छ । साथै विभिन्न जिल्ला विहानैबाट लामिछाने पक्राउको विरोधमा प्रदर्शन भैरहेका छन् । पोखरामा प्रहरीले निकै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । 

Extreme Energy

काठमाडौँमा भने दिउसो १ बजेबाट प्रदर्शन हुने रास्वपाका नेताहरुले जनाएका छन् ।  शुक्रबार पक्राउ गरि पोखरा लैजाने क्रममा राजमार्गका विभिन्न ठाउँमा ठुुलो सख्यामा उपस्थित भएका समर्थकहरुले रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । 

मुग्लीन बजारमा प्रदर्शनमा उत्रिएका समर्थकहरुलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो । अहिले सामाजिक संजालमा समेत रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध भैरहेको छ । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

हामीले सुरुमै भनेका थियौं– यो कुनै मुद्दा होइन, यो त सरासर राजनीतिक प्रतिशोध हो, रविलाई राजनीतिमा आउने ढोका बन्द गर्ने खेल हो अनि सत्तालाई आफ्नो बिर्ता बनाइराख्ने चालबाजी...
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।