नेभिगेशन
सबै कुरा

दुई तिहाइको सरकारले कान खोलेर सुनोस् अन्याय भए प्रतिकार हुन्छ: विराजभक्त श्रेष्ठ

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् पूर्वमन्त्री  विराजभक्त श्रेष्ठले आफ्नो पार्टी सभापति र कार्यकर्ता विरुद्ध नलाग्न सरकारलाई चेतावनी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीको पोखरामा सभापति पक्राउको विरोधमा भएको वृहत सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले रास्वपा र सभापतिले कानुनलाई सघाएको बताए । 

Ncell
Extreme Energy

दुई तिहाइको सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै उनले उनले पार्टी पङ्क्ति र कार्यकर्तालाई संयमित र जिम्मेवार भएर आन्दोलनमा लाग्न आग्रह गरे । 

‘पार्टी सभापति र हाम्रो कार्यकर्ता माथि धरपकड भयो भने हामी प्रतिकार गर्न बाध्य हुन्छौँ,’ नेता श्रेष्ठले भने । रास्वपाको शक्तिसँग दुई तिहाइको सरकार डराएको भन्दै उनले आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग हुन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

पार्टी सभापतिको पक्राउ विरुद्ध देशव्यापी  आन्दोलनका कार्यक्रम सुरु भएको भन्दै कार्यकर्तालाई त्यसतर्फ रचनात्मक र जनतालाई कष्ट दिने प्रकारको नबनाउन पनि आग्रह गरे । 

विरोध सभामा नेताहरूको सम्बोधन जारी छ । पार्टी सभापति पक्राउको विरोधमा काठमाडौँ, पोखरा देखि देशभरका मुख्य शहरहरूमा रास्वपाले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...