नेभिगेशन
सबै कुरा

दुई तिहाइको सरकारले कान खोलेर सुनोस् अन्याय भए प्रतिकार हुन्छ: विराजभक्त श्रेष्ठ

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् पूर्वमन्त्री  विराजभक्त श्रेष्ठले आफ्नो पार्टी सभापति र कार्यकर्ता विरुद्ध नलाग्न सरकारलाई चेतावनी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीको पोखरामा सभापति पक्राउको विरोधमा भएको वृहत सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले रास्वपा र सभापतिले कानुनलाई सघाएको बताए । 

Ncell
Extreme Energy

दुई तिहाइको सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै उनले उनले पार्टी पङ्क्ति र कार्यकर्तालाई संयमित र जिम्मेवार भएर आन्दोलनमा लाग्न आग्रह गरे । 

‘पार्टी सभापति र हाम्रो कार्यकर्ता माथि धरपकड भयो भने हामी प्रतिकार गर्न बाध्य हुन्छौँ,’ नेता श्रेष्ठले भने । रास्वपाको शक्तिसँग दुई तिहाइको सरकार डराएको भन्दै उनले आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग हुन सक्नेतर्फ सचेत रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

पार्टी सभापतिको पक्राउ विरुद्ध देशव्यापी  आन्दोलनका कार्यक्रम सुरु भएको भन्दै कार्यकर्तालाई त्यसतर्फ रचनात्मक र जनतालाई कष्ट दिने प्रकारको नबनाउन पनि आग्रह गरे । 

विरोध सभामा नेताहरूको सम्बोधन जारी छ । पार्टी सभापति पक्राउको विरोधमा काठमाडौँ, पोखरा देखि देशभरका मुख्य शहरहरूमा रास्वपाले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संसद् दशैंसम्म चल्ने, कम्तीमा १५ विधेयक आउने

संघीय संसदको बजेट अधिवेशन दशैँसम्म चल्ने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सांसदहरुले खोजे बैठक भत्ता

कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले भत्ता खोजेका छन् ।
अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

अब संसदमा कालो चश्मा निषेध, बैठकमा पस्नै नदिइने

संघीय संसदका बैठकहरुमा कालो चश्मा निषेध गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले सदनलाई गरिमामय र मर्यादित बनाउन कालो चश्मा लगाउन नपाइने नियम ल्याएका हुन् ।
रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

रास्वपा सरकारमाथि आक्षेप लगाउने तीन आईएनजीओलाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ ।

भर्खरै