नेभिगेशन
सबै कुरा

सांसद ढकालको आक्रोशः यो देश केपी ओली र भाउजुहरुको मात्रै होइन, तोसिमा र सोविताको पनि !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले सडकमा रास्वपाका शुभेच्छुकहरुले सुशासनको नारा घन्काउन थालेपछि बालुवाटारका भित्ताहरू काम्न थालेको बताएका छन् । सभापति पक्राउको विरोधमा पोखरामा आयोजित विरोध सभामा बोल्दै ढकालले ३४ वर्षसम्म अवैध चन्दा असुली गरेर कार्यकर्ता पाल्न पल्केकाहरु युवा जागृत हुन थालेपछि थर्कमान भएको बताए । उनले देश लुटेर टाट पल्टाएका नेताविरुद्ध युवाहरु जाग्न थालेपछि त्रासले  सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने ‘३४ वर्षसम्म यो देश लुटेर टाट पल्टाएकाहरूले आज युवा जागेका थिए, ०८४ सम्म सम्झेर निदाउनै छाडेको उपज हो आजको दिन,’। 

Extreme Energy

सांसद ढकालले यो देश प्रधानमन्त्री केपी शर्मा ओली र भाउजुहरुको मात्रै नभएको भन्दै राज्यसत्ताको चरम दुरुपयोग गरेर सभापतिलाई गिरफ्तार गरिएकोमा भत्र्सना गरे । उनले भने ‘राज्यसत्ताको चरम दुरुपयोग गरेर जसरी गिरफ्तारी गरिएको छ, त्यसको घोर निन्दा र भत्र्सना गर्न चाहन्छु। यो देश केपी ओलीको मात्रै होइन, यो देश भाउजुहरूको मात्रै होइन, तोसिमा र सोविताको पनि हो,’ ढकालले भने, ‘यो देश २९ वर्ष पहिला प्रधानमन्त्री बनेर ५ पटक प्रधानमन्त्री बनिसकेपछि राज्य दहन गरेर छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि लर्याङलर्याङ गर्नेको मात्रै होइन। मनिष झाहरूको पनि यो देश हो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

हामीले सुरुमै भनेका थियौं– यो कुनै मुद्दा होइन, यो त सरासर राजनीतिक प्रतिशोध हो, रविलाई राजनीतिमा आउने ढोका बन्द गर्ने खेल हो अनि सत्तालाई आफ्नो बिर्ता बनाइराख्ने चालबाजी...
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।