नेभिगेशन
सबै कुरा

सांसद ढकालको आक्रोशः यो देश केपी ओली र भाउजुहरुको मात्रै होइन, तोसिमा र सोविताको पनि !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले सडकमा रास्वपाका शुभेच्छुकहरुले सुशासनको नारा घन्काउन थालेपछि बालुवाटारका भित्ताहरू काम्न थालेको बताएका छन् । सभापति पक्राउको विरोधमा पोखरामा आयोजित विरोध सभामा बोल्दै ढकालले ३४ वर्षसम्म अवैध चन्दा असुली गरेर कार्यकर्ता पाल्न पल्केकाहरु युवा जागृत हुन थालेपछि थर्कमान भएको बताए । उनले देश लुटेर टाट पल्टाएका नेताविरुद्ध युवाहरु जाग्न थालेपछि त्रासले  सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने ‘३४ वर्षसम्म यो देश लुटेर टाट पल्टाएकाहरूले आज युवा जागेका थिए, ०८४ सम्म सम्झेर निदाउनै छाडेको उपज हो आजको दिन,’। 

Ncell
Extreme Energy

सांसद ढकालले यो देश प्रधानमन्त्री केपी शर्मा ओली र भाउजुहरुको मात्रै नभएको भन्दै राज्यसत्ताको चरम दुरुपयोग गरेर सभापतिलाई गिरफ्तार गरिएकोमा भत्र्सना गरे । उनले भने ‘राज्यसत्ताको चरम दुरुपयोग गरेर जसरी गिरफ्तारी गरिएको छ, त्यसको घोर निन्दा र भत्र्सना गर्न चाहन्छु। यो देश केपी ओलीको मात्रै होइन, यो देश भाउजुहरूको मात्रै होइन, तोसिमा र सोविताको पनि हो,’ ढकालले भने, ‘यो देश २९ वर्ष पहिला प्रधानमन्त्री बनेर ५ पटक प्रधानमन्त्री बनिसकेपछि राज्य दहन गरेर छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि लर्याङलर्याङ गर्नेको मात्रै होइन। मनिष झाहरूको पनि यो देश हो।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...