नेभिगेशन
सबै कुरा

झापामा सवारी दुर्घटनाबाट एकको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नंको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नंको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक  राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

Ncell
Extreme Energy

राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनी गरेका छन् । बस चालक जिल्ला घेरादह नगरपालिका–१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान  गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...