नेभिगेशन
सबै कुरा

झापामा सवारी दुर्घटनाबाट एकको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नंको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नंको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक  राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए ।

Extreme Energy

राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनी गरेका छन् । बस चालक जिल्ला घेरादह नगरपालिका–१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान  गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

हामीले सुरुमै भनेका थियौं– यो कुनै मुद्दा होइन, यो त सरासर राजनीतिक प्रतिशोध हो, रविलाई राजनीतिमा आउने ढोका बन्द गर्ने खेल हो अनि सत्तालाई आफ्नो बिर्ता बनाइराख्ने चालबाजी...
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।