नेभिगेशन
सबै कुरा

एक खेल अगावै नेपालले जित्यो टी २० आई सिरिज

काठमाडौं । सुपरअभोरमा अमेरिकामाथिको जितसहित नेपालले टी २० आई सिरिज जितेको छ । आज भएको सुपर ओभरमा पनि अमेरिकालाई हराउँदै जिते निकालेपछि  एक खेल अगावै सिरिज जितेको हो । सिरिजअन्तर्गत अमेरीकासँगको दोस्रो खेल बराबरीमा टुंगिएपछि खेल सुपरओभरमा पुगेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर ब्याट रोजेको नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको थियो । तर अमेरीकाले २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । 

सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पुरा गरेको थियो । सुपर ओभरमा नेपालका लागि कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनको योगदान गरे ।

सुपर ओभरमा नेपालका सोमपाल कामीको उत्कृष्ट प्रदर्शनसँगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए । शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुँदा आन्द्रेस गौस एक रनमा अविजित रहेका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चले दियो अन्तरिम आदेश

बिहीवार न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो । सो आदेशसँगै रास्वपा उम्मेदवार रहेका साहको उम्मेदवारी खारेज गर्ने...
सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए...
स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

आयोगले प्रत्येक नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन तीनै तहका सरकार, निजी प्रतिष्ठान तथा सम्बन्धित सबैमा आग्रह गरेको हो । आयोगका...
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा, अन्य यी हुन् वर्षा भइरहेका क्षेत्र ?

यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । विभागका अनुसार चितवनमा ६० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी...