नेभिगेशन
सबै कुरा

अदालतको ढोकाबाट रविको उद्घोष: केपी ओली मुक्त देश बनाउन अन्तिम पटक जुट्नुस्

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार कास्की जिल्ला अदालतमा पेश गर्न लगिदैँ गर्दा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् । 

Extreme Energy

उनले आफूले कानुन र न्यायलयमा विश्वास  र सम्मान गर्ने भन्दै सरकार नियोजित र प्रतिशोधपूर्ण ढङ्गबाट फसाउन उद्धत रहेको बताए । केपी ओलीको सरकार नै निर्दोष फसाउन र आफ्नो कमजोरी लुकाउन गठन भएको भन्दै लामिछानेले केपी ओली मुक्त देश बनाउन आवश्यक रहेको बताए । 

‘म सबै जनतालाई आग्रह गर्छु । एक पटक र यो अन्तिम पटक जुट्नुस् बाहिर निस्कनुस् केपी ओली मुक्त देश बनाउन ढिला भयो भने धेरै कुरा बिग्रिन्छ,’ लामिछानेले थपे, ‘यो सरकार अधिनायकवादी छ, यो सरकार नढलेसम्म सबैले झुटो मुद्दा भोग्नु पर्छ । ’ 

पोखरा र देशभरका जनता यिनीहरूको सत्ता अन्त्यका लागि जुट्नु पर्ने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

खुल्दैछ रविमाथि प्रतिशोधको पर्दा

हामीले सुरुमै भनेका थियौं– यो कुनै मुद्दा होइन, यो त सरासर राजनीतिक प्रतिशोध हो, रविलाई राजनीतिमा आउने ढोका बन्द गर्ने खेल हो अनि सत्तालाई आफ्नो बिर्ता बनाइराख्ने चालबाजी...
कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णाली याक्ससँग जनकपुर बोल्ट १९ रनले पराजित

कर्णालीका बलर हुसेन तलत र उनीश ठाकुरीले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट हात पारे । त्यसअघि टस...
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।