नेभिगेशन
सबै कुरा

श्रीमानको हत्यारालाई माफी दिएको भन्दै भारतीको माइतिघरमा रिले अनसन

काठमाडाैँ : नेपालगञ्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका रिगल भनिने योगराज ढकालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय मिनाहा गरेपछि चेतनकी श्रीमति भारती मानन्धर काठमाडौँ आएर अनसन बसेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीमानको न्यायको माग गर्दै काठमाडौँ आएर भारती बुधबारबाट काठमाडौँको माइतीघरमा अनसन बसेकी हुन् । 

Extreme Energy

माइतिघरमा उनी २ घण्टाका लागि अनसन बसेपनि त्यसपछि भने आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने छन् ।

त्यस्तै उनले श्रीमानको हत्या गरेका रिगल भनिने योगराज ढकालको सजाय मिनाहाको विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेकी छिन् । चेतनकी श्रीमती भारती मानन्धरले राष्ट्रपतिले गरेको निर्णय बदर गरी रिगललाई फेरि थुनामा पठाउन माग गर्दै रिट दायर गरेकी हुन् । 

उनले रिगलको कैद मिनाहाको लागि जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र मन्त्रीपरिषद्को निर्णय पनि बदर हुनुपर्ने माग राखेकी छिन् । 

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाहा गरेका थिए ।  जस मध्ये  नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए । चेतनको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए ।

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए ।

असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।


सम्बन्धित समाचार :

रिगलको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट, फेरि थुनामा पठाउन माग

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...