नेभिगेशन
सबै कुरा

श्रीमानको हत्यारालाई माफी दिएको भन्दै भारतीको माइतिघरमा रिले अनसन

काठमाडाैँ : नेपालगञ्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरेका रिगल भनिने योगराज ढकालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय मिनाहा गरेपछि चेतनकी श्रीमति भारती मानन्धर काठमाडौँ आएर अनसन बसेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रीमानको न्यायको माग गर्दै काठमाडौँ आएर भारती बुधबारबाट काठमाडौँको माइतीघरमा अनसन बसेकी हुन् । 

Ncell
Extreme Energy

माइतिघरमा उनी २ घण्टाका लागि अनसन बसेपनि त्यसपछि भने आशिष मल्ल ठकुरी, दीपक थापा, गणेश जोशी अनसन बस्ने छन् ।

त्यस्तै उनले श्रीमानको हत्या गरेका रिगल भनिने योगराज ढकालको सजाय मिनाहाको विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दर्ता गरेकी छिन् । चेतनकी श्रीमती भारती मानन्धरले राष्ट्रपतिले गरेको निर्णय बदर गरी रिगललाई फेरि थुनामा पठाउन माग गर्दै रिट दायर गरेकी हुन् । 

उनले रिगलको कैद मिनाहाको लागि जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र मन्त्रीपरिषद्को निर्णय पनि बदर हुनुपर्ने माग राखेकी छिन् । 

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाहा गरेका थिए ।  जस मध्ये  नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए । चेतनको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए ।

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए ।

असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।


सम्बन्धित समाचार :

रिगलको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट, फेरि थुनामा पठाउन माग

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...