नेभिगेशन
सबै कुरा

रविले इजलासमा न्यायाधीशलाई भने- म माथि हिरासतमा गैरकानुनी व्यवहार गरिएको छ

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि हिरासतमा गैरकानुनी व्यवहार भएको गुनासो न्यायाधीशलाई गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार म्याथ थपका लागि जिल्ला अदालत कास्कीमा प्रहरीले उनलाई उपस्थित गराएको थियो । सो क्रममा रविले जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलसामु हिरासतमा आफूलाई गैर कानुनी व्यवहार गरिएको गुनासो गरेका हुन् । 

Ncell
Extreme Energy

स्रोतकाअनुसार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपको बहस भैरहेका बेला लामिछानेले कानुनी व्यवसायीसँग सल्लाह गरेका थिए । सोही समयमा कास्की प्रहरी प्रमुख श्याम ओलियाले उनलाई रोक्न खोजेपछि लामिछानेले उठेर न्यायाधीशसँग समय मागे । 

‘न्यायाधीशले समय दिएपछि लामिछानेले प्रहरी हिरासतमा आफूलाई कठोर तरिकाले राखिएको,टर्चर गरिएकाे, कानुनी सल्लाहका लागि कानुनी कानुन व्यवसायी भेट्न पनि नदिइएको बताए,’ स्रोतले सिधाकुरासँग भन्याे, 'न्यायाधीशले लामिछानेको कुरा सुने तर त्यसमा कुनै प्रतिक्रिया दिएनन् ।’ 

म्याद थपको बहश सकिए पछि जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएसँगै रवि माथि राजनीतिक प्रतिशोध साधेको भन्दै विरोध प्रदर्शनमा रहेको सर्वसाधारणहरू उत्तेजित बनेका छन् ।   

उनीहरूले वाई चोकमा रहेको निषेधित क्षेत्र तोडेर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको सिधाकुरा सम्वाददाता विष्णु ढुङ्गाना र लक्ष्मण गिरीले बताएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...