नेभिगेशन
सबै कुरा

रविले इजलासमा न्यायाधीशलाई भने- म माथि हिरासतमा गैरकानुनी व्यवहार गरिएको छ

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि हिरासतमा गैरकानुनी व्यवहार भएको गुनासो न्यायाधीशलाई गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार म्याथ थपका लागि जिल्ला अदालत कास्कीमा प्रहरीले उनलाई उपस्थित गराएको थियो । सो क्रममा रविले जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलसामु हिरासतमा आफूलाई गैर कानुनी व्यवहार गरिएको गुनासो गरेका हुन् । 

Extreme Energy

स्रोतकाअनुसार जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपको बहस भैरहेका बेला लामिछानेले कानुनी व्यवसायीसँग सल्लाह गरेका थिए । सोही समयमा कास्की प्रहरी प्रमुख श्याम ओलियाले उनलाई रोक्न खोजेपछि लामिछानेले उठेर न्यायाधीशसँग समय मागे । 

‘न्यायाधीशले समय दिएपछि लामिछानेले प्रहरी हिरासतमा आफूलाई कठोर तरिकाले राखिएको,टर्चर गरिएकाे, कानुनी सल्लाहका लागि कानुनी कानुन व्यवसायी भेट्न पनि नदिइएको बताए,’ स्रोतले सिधाकुरासँग भन्याे, 'न्यायाधीशले लामिछानेको कुरा सुने तर त्यसमा कुनै प्रतिक्रिया दिएनन् ।’ 

म्याद थपको बहश सकिए पछि जिल्ला अदालत कास्कीले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएसँगै रवि माथि राजनीतिक प्रतिशोध साधेको भन्दै विरोध प्रदर्शनमा रहेको सर्वसाधारणहरू उत्तेजित बनेका छन् ।   

उनीहरूले वाई चोकमा रहेको निषेधित क्षेत्र तोडेर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको सिधाकुरा सम्वाददाता विष्णु ढुङ्गाना र लक्ष्मण गिरीले बताएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...

भर्खरै