नेभिगेशन
सबै कुरा

सरकारले विपक्षी दलका नेतालाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गर्दैछ: माओवादी

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकार विपक्षी दलका नेताहरूलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने नियोजित काममा लागेको आरोप लगाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको जनप्रदर्शनबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् । 

Extreme Energy

‘अहिलेको सरकारले विपक्षी दलका नेता र व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको छ,’ प्रवक्ता सापकोटाले भने, ‘ काङ्ग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्ला रूपमा संरक्षण गरिएको छ ।’ 

सरकारका कदमहरू ठिक ठाउँमा नभएको देखिएपछि पार्टीले खबरदारी गर्न लागेको प्रवक्ता सापकोटाले बताए । उनले पार्टीको बागमती प्रदेशले गर्ने खबरदारी सभामा सहभागी हुन समेत सबैमा अपिल गरे । 

प्रवक्ता सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धीको रक्षा गर्न खबरदारी सभा आवश्यक रहेको बताए । माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभइ निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ । 

त्यस्तै प्रवक्ता सापकोटाले अहिलेको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको र सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाए । माओवादीले कार्तिक १० गते सुन्धराबाट प्रदर्शनसहितको र्‍याली निकाल्ने र काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...

भर्खरै