नेभिगेशन
सबै कुरा

दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दावा पक्राउ

काठमाडाैँ  : दोलखामा ४ दिनको अन्तरालमा भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चिनियाँ नागरिक तासी दावा भनिने ६६ वर्षका आगर लामालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासीलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । 

Extreme Energy

पक्राउ परेका तासी सुन तस्करीका मुख्य नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

दोलखामा भएको ११ किलो सुन प्रकरण हालसम्म ११ जना पक्राउ परेका छन्। 

दोलखाको बिगु गाउँपालिकाबाट असोज ११ गते प्रहरीले चार किलो अवैध सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

 त्यसको भोलिपल्ट अर्थात असोज ११ गते प्रहरी सोही स्थानबाट थप तीन किलो सुन बरामद गरेको  थियो । 

त्यस्तै असोज १४ गते बिगु गाउँपालिकास्थित लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको थियो । 

सम्बन्धित समाचार:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...