नेभिगेशन
सबै कुरा

दोलखामा भएको ११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दावा पक्राउ

काठमाडाैँ  : दोलखामा ४ दिनको अन्तरालमा भएको ११ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चिनियाँ नागरिक तासी दावा भनिने ६६ वर्षका आगर लामालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका–१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासीलाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

पक्राउ परेका तासी सुन तस्करीका मुख्य नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

दोलखामा भएको ११ किलो सुन प्रकरण हालसम्म ११ जना पक्राउ परेका छन्। 

दोलखाको बिगु गाउँपालिकाबाट असोज ११ गते प्रहरीले चार किलो अवैध सुनसहित पाँच जनालाई पक्राउ गरेको थियो ।

 त्यसको भोलिपल्ट अर्थात असोज ११ गते प्रहरी सोही स्थानबाट थप तीन किलो सुन बरामद गरेको  थियो । 

त्यस्तै असोज १४ गते बिगु गाउँपालिकास्थित लामबगरबाट प्रहरीले ४ किलो सुन बरामद गरेको थियो । 

सम्बन्धित समाचार:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...