नेभिगेशन
सबै कुरा

सेभेन समिट सकेर नेपाल फर्किएका निर्मल पुर्जाको विमानस्थलमा भव्य स्वागत (तस्विरहरु)

काठमाडाैँ । सातै महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्किएका निर्मल पुर्जालाई विभिन्न संघ संस्था लगायत शुभेच्छुकले काठमाडौँमा भव्य स्वागत गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौँको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसँग कुरा गर्दै हिमाल आरोही पुर्जाले नेपालको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए ।

Ncell
Extreme Energy

उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफु विश्वको पहिलो व्यक्ति हुन पाउँदा गौरव महसुस भएको उनले बताए ।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे । पुर्जाले बर्षभर नै आफु बिभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताए । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।