नेभिगेशन
सबै कुरा

एनआरएनएले कार्तिक ११ र १२ गते काठमाडौँमा ग्लोबल कन्क्लेभ आयोजना गर्ने

काठमाडौँ । गैरआवासीय नेपाली संघले कार्तिक ११ र १२ गते काठमाडौँमा एनआरएनए ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रुपान्तरण र एकताःश्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कन्क्लेभमा ७ वटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सय भन्दा बढि व्यक्तिहरुको सहभागीता रहने संघले जनाएको छ । कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव लगाएतका बिषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए । 

Extreme Energy

त्यस्तै दोश्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा लगाएतमा संघको भूमिका लगाएतका बिषयमा छलफल हुने छ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए । 

उनले नेपालमा जुनसुकै विपद् पर्दा संघले साथ र सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढि जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए । संघमा लोकतान्त्रीक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफुलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले बैधानिक निकासका लागि संघ तयार रहेको जिकिर गरे । 

उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे । एक बर्ष अघिसम्म १ खर्बभन्दा बढि गैर आवासिय नेपालीको लगानी नेपालमा रहेको र अहिले लगानीको थप वातावरण हुँदै गएकाले थप लगानी बढ्ने उल्लेख गरे । त्यस्तै ग्लोबल कन्क्लेभका क्रममा १० अर्बको एनआरएन डेभलप्मेन्ट फन्डको सञ्चालनका लागि भइरहेको तयारीबारे सरकारका प्रतिनिधिसंग पनि छलफल हुने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

चितवनद्वारा विराटनगरसामु १५८ रनको लक्ष्य प्रस्तुत

यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...

भर्खरै