नेभिगेशन
सबै कुरा
कैद माफी मिनाहा प्रकरण :

बिच चोकमा खुँडा हान्ने ‘रिगल’लाई १२ वर्ष कैद माफी दिनेहरु...

१८ असोज, काठमाडौं । असोज ३ गते संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका ‘रिगल’ योगराज ढकालको १२ वर्ष कैद माफी मिनाहा गरिदिए । तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका रिगलको योजनामा २०७२ असार २८ गते दिउँसो ३ बजे नेपालगञ्जको सुर्खेत रोडमा मानन्धरमाथि खुँडा प्रहार गरी हत्या भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिच रोडमा आफ्नै साथीको हत्या गरेपछि रिगल भारत भागेका थिए । गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर श्रृङ्खला चलाएपछि भदौ २ गते मात्रै ‘रिगल’ले अदालतमा आत्मसमर्पण गरेका थिए । बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा चेतनको हत्याको मुख्य योजनाकार ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

Ncell
Extreme Energy

अदालतको फैसला अनुसार रिगल २० वर्ष कारगार बस्नुपर्ने थियो । तर नेपाली कांग्रेससहितको गठबन्धन  सरकारले उनलाई ८ वर्ष भन्दा धेरै सजाय भुक्तान गर्नै नपर्ने सुविधा दियो । 

सोहि अनुसार कारागार चलान भएको ८ वर्ष पुग्नासाथ उनलाई छुटाउन नेपाली कांग्रेसका नेताहरु नै लागि परेका थिए । संविधान दिवसका दिन माफी मिनाहा हुने भएपछि त्यसको लविङमा रिगलका आफन्त र नेताहरु लागेका थिए । 

रिगलको असल चालचलन भएको, ४० प्रतिशत कैदी भुक्तानी गरेको भन्दै घोराहीस्थित जिल्ला कारागार दाङ र जिल्ला प्रशासन कार्यालय दाङले भदौ १६ गते गृह मन्त्रालयमा सिफारिस गर्याे । 

सोही सिफारिस अनुसार गृह मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लगेको थियो । गृहको प्रस्ताव सदर गर्दै मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई रिगलको कैद मिनाहाको लागि सिफारिस  गरेको थियो । 

कसले गर्यो सिफारिस ?

३ बर्षअघि मात्रै जिल्ला कारागार दाङ घोराही सरुवा भएका रिगल १ कार्यकाल घोराही कारागारको चौकिदार भएका थिए भने छुट्नुपहिले नाइके भएर बसेका थिए । 

उनलाई दाङ कारागारका निमित्त जेलर नवराज शर्माले असल चाल चलन भएको, ४० प्रतिशत कैद भुक्तान गरिसकेको भन्दै माफि मिनाहाका लागि प्रस्ताव गरेका थिए । 

निमित्त जेलर शर्माका अनुसार कारागार विभागबाट भएको परिपत्र अनुसार भदौ १६ गते नै  रिगल सहित ४० प्रतिशत कैदी भुक्तान  गरेका ५ जना र ५० प्रतिशत कैद भुक्तान गरेका ७ जनाको कैद कट्टी तथा माफी मिनाहाको प्रस्ताव गरिएको थियो । 

उक्त प्रस्तावमा दाङका तत्कालिन निमित्त प्रमुख जिल्ला अधिकारी तथा हालका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रि पुनले समेत सहमति दिएकी थिइन् । 

कारागारले ४० प्रतिशत कैद भुक्तान गरेका ५ जनालाई माफी मिनाहका लागि सिफारिस गरेपनि रिगल सहित २ जनाको मात्रै माफी मिनाहा भएको निमित्त जेलर शर्मा बताउँछन् ।  

निमित्त जेलर शर्मा र निमित्त प्रमुख जिल्ला अधिकारी पुनले हस्ताक्षर गरेर गृह मन्त्रालयलमा सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा गृह मन्त्रालयका  तर्फबाट उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । 

मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले गृह मन्त्रालयको प्रस्ताव सदर गर्दै रिगल सहित ६७० जनाको कैद कट्टी तथा माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधान दिवसका दिन रिगलको १२ वर्ष कैद मिनाहा गरिदिए । श्रीमानको हत्यारालाई माफी दिएपछि चेतनकी श्रीमती भारती मानन्धर अहिले काठमाडौंमा रिले अनसनमा बसेकी छिन् । साथै उनले सर्वोच्च अदालतमा माफी मिनाहाका लागि सिफारिस गर्ने कारागार, जिल्ला प्रशासन कार्यालय, मन्त्रिपरिषद् तथा राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी छिन् । 


सम्बन्धित समाचार :

श्रीमानको हत्यारालाई माफी दिएको भन्दै भारतीको माइतिघरमा रिले अनसन

रिगलको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट, फेरि थुनामा पठाउन माग

बलिन्द्र धारा आँशु बगाउँदै राष्ट्रपतिलाई भारतीको प्रश्न : मेरो ठाउँमा तपाईंको छोरी भएको भएपनि हत्यारालाई माफी दिनुहुन्थ्यो ?

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

राष्ट्रपति ज्यू ! हत्यारालाई माफी दिएर पाप गर्नु भयो: भारती मानन्धर (भिडियाेसहित)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...