नेभिगेशन
सबै कुरा

देशभरका स्थानीय तहमा पेन डाउन गर्न आन्दोलनरत कर्मचारीको आव्हान

काठमाडाैँ : गत आइतबारदेखि काठमाडौँको माइतीघर मण्डलामा भेला भएर शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीहरूले आफूहरुको माग पूरा नहुन्जेसम्मका लागि पेन डाउन गरेर काम ठप्प पार्न देशभरका स्थानीय तहका कर्मचारीलाई आव्हान गरेका छन् ।

करिब एक हप्तादेखि आफूहरु आन्दोलनरत रहँदा आफूहरुको माग सम्बोधन गर्न सरकारले तत्परता नदेखाएका कारण शुक्रबारदेखि आन्दोलनलाई थप सशक्त बनाउन ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चितकालिन पेन डाउन गर्न आव्हान गरेका हुन् ।

Dish Home
Global Ime Bank

उनीहरु संसद्मा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै आन्दोलनमा होमिएका हुन् ।

आन्दोलनरत कर्मचारीले स्थानीय तहमा स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा, विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेर हद र सेवा अवधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका माग राखेका छन् । 

त्यस्तै उनीहरु स्थानीय तहका कर्मचारीको हितका लागि एक कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, तीनै तहका कर्मचारीहरूलाई वृत्ति विकासको समान अवसर हुनुपर्नेजस्ता माग राखेर आन्दोलनमा सहभागि भएका छन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?

आजका कुराः देश विदेशमा दिनभर के के भयो ?
हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरका प्रवक्तामाथि कार्यकक्षमै आक्रमण

हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि  कार्यकक्षमै आक्रमण भएको छ । बुधबार अपराह्न ४ बजेतिर वडा कार्यालयमा काम गरिरहेको अवस्थामा ३–४ जनाको समूहले मोबिल छ्याप्नुका...
थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

थाहा नगरका ७ कर्मचारी कानून विपरित ६ बर्षदेखि काजमा

श्यामबहादुर दोङ २०७६ साउनदेखि जिल्ला समन्वय समिति मकवानपुरमा, दीपेशप्रसाद कलुवार २०७७ पुषदेखि पर्सागढी नगरपालिका पर्सामा, योगनारायण साह २०७७ चैतदेखि ब्रहम्पुरी गाउँपालिका सर्लाहीमा, रुपचन्द्र धराला २०७८ मंसिरदेखि त्रिपुरासुन्दरी नगरपालिका...
राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

राजु पाण्डेको पक्षमा अदालतको आदेश, ‘सुरक्षाकर्मीको भुमिका निभाएका हुन्, पदमा रहेर कामकाज गर्न दिनु’

काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अदालतको आदेश आएको छ । बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेको पक्षमा आदेश दिएको...

भर्खरै