नेभिगेशन
समाज

विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने

सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न गृह मन्त्रालयको ५ बुँदे निर्देशन

काठमाडौँ । सरकारले विचौलियाविरुद्ध कडा निर्णय लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएको हो । 

Ncell
Extreme Energy

प्रवक्ता आनन्द काफ्लेकाअनुसार भदौ २५ गते सरकारका मुख्य सचिव र गृह सचिवले सबै जिल्ला प्रशासन कार्यालयलाई विचौलियामुक्त सेवाको प्रत्याभूति गर्न निर्देशन दिएका थिए । 

त्यसै सन्दर्भमा मंगलबार गृह सचिव केदारनाथ शर्माले मंगलबार सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न ५ बुँदे निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको पहिलो निर्देशनमा 'सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रुपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिहरूलाई निगरानी गरी कानून बमोजिम कारवाही गर्ने व्यवस्था मिलाउने' भनिएको छ । यसअनुसार अब विचौलिया देखिएमा सिधै पक्राउ गरिनेछ ।  

यसैगरी अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएको महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आउनुभएका सेवाग्राहीहरूलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्ने भनिएको छ । 

यसैगरी नागरिक सहायता कक्षबाट दिइने सेवाहरू 'जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा' निःशुल्क रुपमा उपलब्ध गराउने भनिएको छ । 

यसैगरी जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लास्थित सबै सरकारी तथा गैह्र सरकारी कार्यालयहरूबाट समेत सम्वन्धित कार्यालयको सेवा प्रकृति वमोजिम नागरिक सहायता कक्षबाट निःशुल्क सहायता उपलब्ध गराउने ब्यवस्था मिलाउने भनिएको छ । 

यसैगरी सेवा प्रवाहमा प्रभावकारिता बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारीहरू र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जालहरू (फेसबुक ट्वीटर) तथा अन्य उपयुक्त माध्यमबाट नियमित रुपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रुपमा अद्यावधिक गर्ने भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि निरन्तर भइरहेको कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटार बस्ती जोखिममा परेको छ।
निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथिको चार लेनको आर्क पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।
अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्।