नेभिगेशन
सबै कुरा

बिनाकारण नियन्त्रणमा लिएपछि रास्वपाका ४ कार्यकर्ताले थाले कास्की प्रहरी कार्यालयमै अनशन

पोखरा । कास्की प्रहरीले बिनाकारण नियन्त्रण लिएको भन्दै रास्वपाका ४ जना कार्यकर्ता जिल्ला प्रहरी कार्यालय कास्कीमा अनशन सुरु गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार दिउसो जिल्ला प्रशासन कार्यालय नजिकै चिया खान बसेका आशिष थापा, प्रेम थापा, साजन शर्मा र तेजाब अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा प्रहरी निरीक्षक ले रास्वपाका कार्यकर्तालाई अपशब्द बोलेको उनीहरूले बताएका छन् ।

Extreme Energy

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा बहस भैरहँदा पोखरामा रास्वपाले प्रदर्शन गरेको थियो । तर आफूहरू प्रदर्शनमा सहभागी नै नभएको अवस्थामा प्रहरीले जबरजस्ती अपशब्द प्रयोग गर्दै नियन्त्रणमा लिएको कास्की प्रहरीमा अनशनरत आशिष थापाले बताए ।

अहिले आफूहरूलाई नियन्त्रणमा लिनुको कारण र अपशब्द प्रयोग गर्ने प्रहरी निरीक्षकले माफी नमागेसम्म अनशन नतोड्ने थापाले बताए । प्रहरी कार्यालय भित्रै थापा सहित ४ जनाले अनशन सुरु गरेको रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोराले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

भर्खरै