नेभिगेशन
सबै कुरा

उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार ललितपुरको खुमलटारस्थीत पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकले निर्वाचनमा पार्टीलाई जित दिलाउनका लागि योजना र कार्यक्रम समेत बनाउदै अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको उनले बताए । 

त्यस्तै बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बैठकले मङ्सिर मसान्तसम्म पालिकासभा र खबरदारी सभामार्फत प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा सरकारको उपस्थीति कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारबिरुद्धको खवरदारीलाई शसक्त रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए । 

उनले अग्रमन र जनताको अधिकार बढाउने बिषयमा संविधान संशोधन हुनुपर्ने र राजनीतिक स्थायीत्वका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीमा जानुपर्नेमा माओवादीको जोड रहेको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

भर्खरै