नेभिगेशन
सबै कुरा

उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार ललितपुरको खुमलटारस्थीत पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । 

Extreme Energy

बैठकले निर्वाचनमा पार्टीलाई जित दिलाउनका लागि योजना र कार्यक्रम समेत बनाउदै अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको उनले बताए । 

त्यस्तै बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बैठकले मङ्सिर मसान्तसम्म पालिकासभा र खबरदारी सभामार्फत प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा सरकारको उपस्थीति कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारबिरुद्धको खवरदारीलाई शसक्त रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए । 

उनले अग्रमन र जनताको अधिकार बढाउने बिषयमा संविधान संशोधन हुनुपर्ने र राजनीतिक स्थायीत्वका लागि पूर्ण समानुपातीक निर्वाचन प्रणालीमा जानुपर्नेमा माओवादीको जोड रहेको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

भर्खरै