नेभिगेशन
सबै कुरा

पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

काठमाडौंँ । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कौर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन् । मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ । भारतका डा बेनेट फरनान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकी डा म्यारी एङ, अमेरिकाकी डा लिनोरा पिटरसन, जिम्बाबेकी डा प्याट्टसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायतसमाजमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक हजार एकजनामध्ये उनी नेपालबाट एकजना मात्र रहेका छन् ।

Ncell
Extreme Energy

समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोसले विशेषगरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पु¥याउँदै आएका छन् । मदर टेरेसाका मूल्य मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवद्र्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहाद्र्रको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ ।  

पुरस्कार प्राप्त गरेपछि सुनारले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउँदा आफूले गरेको मेहनतले सार्थकता पाएको महसुस भएको बताउँदै नेपाललाई विश्वभर चिनाउन सकेकामा गौरवान्वित भएको बताउनुभयो । उनले भने, “नेपाली खेलाडीका रूपमा मैले पाएको सम्मानले विश्वभरिका युवाहरूलाई प्रेरित गर्दछ, जतिसुकै चुनौती आए पनि आफूले चाहेको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवद्र्धनमा सक्रिय हुँदै आएका छन् । उनको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो । 

यति मात्र होइन, गिनिज वल्र्ड रेकर्डस डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र उनी पनि परेका थिए । उनले २०२१ मा अक्रोन, ओहोयोमा भुटानिज कम्युनिटी एसोसिएसन इङ्क, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोड्नुभएको थियो भने ९ मार्च २०२३ मा न्युयोर्कमा जिपिके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गर्ने गिनिजवल्र्ड रेकर्ड तोडेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न बनायो कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा कार्यदल बनाइएको हो ।
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

भारतीय सेनाध्यक्ष सेठले पोखरामा के के गरे ?

पोखरामा दुई घण्टा बिताएर ११ः४५ बजे नेपाली सेनाको जहाजमा उनी काठमाडौँ फर्किएका छन् । उनी आजै भारत फर्कने कार्यक्रम छ ।

भर्खरै