नेभिगेशन
सबै कुरा

सरकारी वकिलको बार्दलीबाट रविले भने, ‘थुनामा राख्दैमा बाघ स्याल हुँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले थुनामा राख्दैमा बाघ स्याल नहुने प्रतिक्रिया दिएका छन् । रुपन्देही जिल्ला सरकारकी वकिलको कार्यालयबाट उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई आज १२ बजे जहाजमार्फत कास्कीबाट रुपन्देही लगिएको थियो । बुटवलमा रहेको सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न प्रहरीले उनलाई रुपन्देही लगेको हो । उनलाई भैरहवा पुर्याउनु अगावैदेखि विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

Ncell
Extreme Energy

 

विमानस्थलबाट लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको थियो । उनलाई कार्यालयमा लैजादै गर्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । 

दिनभर सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान लिइयो । उनले भित्र बयान दिदै गर्दा बाहिर सञ्चारकर्मी तथा समर्थकहरु उनको पर्खाइमा थिए । केहीले नारा लगाईरहेको थिए । ‘नडराउ रवि दाई जनता तिम्रो साथमा छन्’ भन्दै नारा लगाउँदै सार्थकहरु रवि लामिछानेको पर्खाइमा थिए । 

करिब ५ बजे बयान सकियो । रवि लामिछनेलाई सरकारी वकिलको कार्यालयको पहिलो तलाको कोठाबाट बार्दलीमा ल्याइयो । तलबाट समर्थकहरुले रवि दाई डन्ट वरी भन्दै हौसला प्रदान गरिरहेका थिए । बार्दलीबाट रवि लामिछानेले ‘थम्स अप’ गर्दै मुस्कानका साथ भने, ‘थुनामा राख्दैमा बाघ स्याल हुँदैन ।’ 

त्यहाँ उनले थप केही बोल्न खोजेका थिए । तर प्रहरीले बोल्न दिएनन् । उनको हात समातेर प्रहरीले उनलाई अघि बढाए र जिल्ला प्रहरी कार्यालयतर्फ लगे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।
विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै वेपत्ता

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै वेपत्ता

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् ।
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।