नेभिगेशन
सबै कुरा

सरकारी वकिलको बार्दलीबाट रविले भने, ‘थुनामा राख्दैमा बाघ स्याल हुँदैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले थुनामा राख्दैमा बाघ स्याल नहुने प्रतिक्रिया दिएका छन् । रुपन्देही जिल्ला सरकारकी वकिलको कार्यालयबाट उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामिछानेलाई आज १२ बजे जहाजमार्फत कास्कीबाट रुपन्देही लगिएको थियो । बुटवलमा रहेको सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न प्रहरीले उनलाई रुपन्देही लगेको हो । उनलाई भैरहवा पुर्याउनु अगावैदेखि विमानस्थल गेट बाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

Extreme Energy

 

विमानस्थलबाट लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको थियो । उनलाई कार्यालयमा लैजादै गर्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । 

दिनभर सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान लिइयो । उनले भित्र बयान दिदै गर्दा बाहिर सञ्चारकर्मी तथा समर्थकहरु उनको पर्खाइमा थिए । केहीले नारा लगाईरहेको थिए । ‘नडराउ रवि दाई जनता तिम्रो साथमा छन्’ भन्दै नारा लगाउँदै सार्थकहरु रवि लामिछानेको पर्खाइमा थिए । 

करिब ५ बजे बयान सकियो । रवि लामिछनेलाई सरकारी वकिलको कार्यालयको पहिलो तलाको कोठाबाट बार्दलीमा ल्याइयो । तलबाट समर्थकहरुले रवि दाई डन्ट वरी भन्दै हौसला प्रदान गरिरहेका थिए । बार्दलीबाट रवि लामिछानेले ‘थम्स अप’ गर्दै मुस्कानका साथ भने, ‘थुनामा राख्दैमा बाघ स्याल हुँदैन ।’ 

त्यहाँ उनले थप केही बोल्न खोजेका थिए । तर प्रहरीले बोल्न दिएनन् । उनको हात समातेर प्रहरीले उनलाई अघि बढाए र जिल्ला प्रहरी कार्यालयतर्फ लगे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

भर्खरै