नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेलसँग राष्ट्रसङ्घका महासचिवले शिष्टाचार भेट गर्दै

अजरवैजान । जलवायु परिवर्तनसम्बन्धी  राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै छन् । उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ । 

Ncell
Extreme Energy

राष्ट्रपति पौडेल आजै कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सम्मेलनअन्तर्गत आयोजना हुने उच्चस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही सहभागी हुनेछन् । 

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार यहाँ आइपुगेका हुन् । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वका अधिकांश मुलुकका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत प्रभावशाली नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

रास्वपा संसदीय दलको बैठक सुरु, मन्त्रीहरु पनि उपस्थित

उनका अनुसार बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत बोलाइएको छ।
विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै वेपत्ता

विद्यालयबाट फर्किँदा खाेलाले बगाएकी १२ वर्षीया बिनिता मृत भेटिइन्, एक अझै वेपत्ता

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएकी एक बालिका मृत भेटिएकी छिन् ।
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ ।
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि खैरी चेकपोस्टसम्म सवारीसाधनलाई दिइँदै आएको ‘टाइम कार्ड’को समय घटाइएको छ ।