नेभिगेशन
सबै कुरा

सिनामंगलको एक होटलमा युवा युवती मृत फेला

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित एक होटलमा २ युवा युवती मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ सिनामंगलको होटल जन्मभुमिमा कोठा भाडामा लिएर बसेका उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको सो होटलमा शनिबार साँझ ६ः४५ मा पुगेर होटल भाडामा लिएर बास बसेका उनीहरु आइतबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् । होटलको १२० नम्बरको कोठा भाडामा लिएर बसेका उनीहरु आइतबार बिहान सोही कोठाको अगाडि बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

Ncell
Extreme Energy

परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार घटनाबारे थाहा पाउनासाथ प्रहरी पुग्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् । होटलको दर्ता किताबका अनुसार मृत हुनेहरुमा सुनसरी घर भएका अन्दाजी ३४ वर्षीय रमेश माझी र मोरङ घर भएकी अन्दाजी २९ वर्षीया सर्मिला कुमारी माझी रहेका छन् । 

उनीहरुको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।