नेभिगेशन
सबै कुरा

सिनामंगलको एक होटलमा युवा युवती मृत फेला

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित एक होटलमा २ युवा युवती मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ सिनामंगलको होटल जन्मभुमिमा कोठा भाडामा लिएर बसेका उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको सो होटलमा शनिबार साँझ ६ः४५ मा पुगेर होटल भाडामा लिएर बास बसेका उनीहरु आइतबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन् । होटलको १२० नम्बरको कोठा भाडामा लिएर बसेका उनीहरु आइतबार बिहान सोही कोठाको अगाडि बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

Ncell
Extreme Energy

परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार घटनाबारे थाहा पाउनासाथ प्रहरी पुग्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् । होटलको दर्ता किताबका अनुसार मृत हुनेहरुमा सुनसरी घर भएका अन्दाजी ३४ वर्षीय रमेश माझी र मोरङ घर भएकी अन्दाजी २९ वर्षीया सर्मिला कुमारी माझी रहेका छन् । 

उनीहरुको घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।