नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न सरकारी वकिलको माग

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग गरिएको छ । 
जिल्ला अदालत कास्कीमा पाँचौ पटक म्याद थपका लागि कास्की प्रहरीले लामिछानेलाई आइतबार अदालतमा पेश गरेको छ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा भर्खरै उनको म्याद थप बारेको बहस सकिएको छ । 
बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनु पर्ने भन्दै समय माग गरेको छ । प्रतिरक्षामा लामिछानेतर्फका अधिवक्ताहरूले लामिछानेलाई हिरासतमा राख्नु पर्ने कुनै आधार नभएको भन्दै हिरासत मुक्त गर्न माग गरेका छन् । 
अदालतले आदेश गरिसकेको छैन् । रवि लामिछानेका तर्फबाट नारायण घिमिरे, डा नारायणदत्त कडेल, मेघराज पोखरेल, र हरि सुवेदीले बहश गरेका थिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।