नेभिगेशन
सबै कुरा

जिप्रका पर्साद्वारा भाडाका सटर खाली गर्न निर्देशन

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा सेवाग्राही मर्कामा परेसँगै भाडाका सटर खाली गराउन सार्वजनिक सूचना जारी गरिएको छ । कार्यालयले सार्वजनिक सूचना गरेर कार्यालय प्राङगणमा रहेका पाँच भाडाका सटर खाली गराउन ३५ दिने सूचना जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप र नागरिकलाई निर्वाध सरलीकृत सेवा वितरण गर्नका लागि भाडाका सटर खाली गराउन लागेको जानकारी दिए । 

Ncell
Extreme Energy

“कार्यालयमा अत्यधिक सेवाग्राहीको चापको कारणले कार्यालयका लागि कोठाको अभाव कायमै रह्यो”, उनले भने, “कार्यालय प्राङ्गणभित्रै राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका निःशुल्क फर्म भर्नका लागि ठाउँ चाहिएकाले पनि सटर खाली गर्न लागेका हौँ ।”

जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रले कार्यालयको प्रवेशद्वारमा नै पाँच सटर भाडामा लगाएको थियो । कार्यालयको प्राङ्गणमा अर्जेन्ट साइबर, न्यू क्वालिटी प्रिन्टर्स एण्ड नाइनल स्टाम्प र तीन सटर फोटो फेस डिजिटल स्टुडियोले भाडामा लिँदै आइरहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।