नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वाेच्चकाे आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईँका छोराले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेका प्रसाईँलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नुपर्ने भन्दै उनका छोरा निराजन प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौँ जिल्ला अदालतलाई विपक्षी बनाएर  दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले अदालत उपस्थित गराउन आदेश दिएको हो । 

Ncell
Extreme Energy

न्यायाधीश शर्माको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।  

दुर्गा प्रसाईंले केही समय पहिले निज निवासमा पत्रकार सम्मेलन गर्दै केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफ्नो फेसबुक अकाउन्टमार्फत सो अभिव्यक्तिलाई पुष्टि गर्न केही कागजात समावेश गरेर भिडियो सामाग्री बनाएर अपलोड गरेका थिए । 

सोही भिडियोलाई आधार बनाउँदै प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।