नेभिगेशन
सबै कुरा

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, पूर्ण रुपमा सञ्चालन गर्न २ हप्तासम्म लाग्ने

काठमाडाैँ । राहदानी विभागको कम्प्युटरमा भाइरस पसेको बताइएको छ । राहदानी विभागले आफूहरुको कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको बताउँदै समस्या पूर्ण रुपमा समाधान गर्न २ हप्तासम्म लाग्ने बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनदेखि राहदानी विभागबाट प्रदान गरिने ठप्प भएपछि नागरिकहरु आक्रोशित बनेका थिए । आइतबार त्रिपुरेश्वस्थित विभाग पुगेका सेवाग्राहीहरु काम नभएपछि आन्दोलित बनेका थिए । त्यसलगत्तै विभागले एक सूचना निकालेर कम्प्युटरमा भाइरस पसेका कारण सेवा बन्द गर्नु परेको बताउँदै आफूहरुले आंसिक सेवा सुरु गरेको र पूर्ण रुपमा कार्य प्रारम्भ हुन १ देखि २ हत्पासम्म लाग्ने बताएको हो । 

त्यस्तै विभागले कम्प्युटरमा भाइरस पसेपनि आवेदकको तथ्यांक पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेको छ । सूचनामा भनिएको छ, ‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ ।’

विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरुका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको समेत जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

ओलीलाई समवेदना दिदै बालेनले भने, ‘पिताजस्तो देवता कोही छैन, पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ’

उनले भने, ‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। पूर्व प्रधानमन्त्री केपी शर्मा ज्यूलाई पर्न...
नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएलमो एरिना नियुक्त

एन्फाका महासचिव किरण राईले आज एरिनालाई नियुक्तिपत्र प्रदान गरेका हुन् । उनी दुई साताअघि नै नेपाल आएका थिए । स्वीट्जरल्यान्डमा जन्मिएका एरिना इटालियन नागरिक हुन् । एएफसी प्रो–लाइसेन्स...
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

यससँगै नेपालमा अनअराइवल भिसा प्राप्त नहुने मुलुकको सङ्ख्या १३ पुगेको अध्यागमन विभागले जनाएको छ । यस्तो भिसा प्राप्त नगर्ने अन्य मुलुकमा नाइजेरिया, गाहाना, जिम्वाबे, स्वीटजरल्यान्ड, क्यामेरुन, सोमालिया, लाइबेरिया,...
धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

धादिङ बस दुर्घटनाको छानबिन कार्यदलले भन्यो, 'दुर्घटनाको कारण ध्यान विचलन र शारिरीक थकान'

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसेगौँडाबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएपछि...