नेभिगेशन
सबै कुरा

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, पूर्ण रुपमा सञ्चालन गर्न २ हप्तासम्म लाग्ने

काठमाडाैँ । राहदानी विभागको कम्प्युटरमा भाइरस पसेको बताइएको छ । राहदानी विभागले आफूहरुको कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको बताउँदै समस्या पूर्ण रुपमा समाधान गर्न २ हप्तासम्म लाग्ने बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केही दिनदेखि राहदानी विभागबाट प्रदान गरिने ठप्प भएपछि नागरिकहरु आक्रोशित बनेका थिए । आइतबार त्रिपुरेश्वस्थित विभाग पुगेका सेवाग्राहीहरु काम नभएपछि आन्दोलित बनेका थिए । त्यसलगत्तै विभागले एक सूचना निकालेर कम्प्युटरमा भाइरस पसेका कारण सेवा बन्द गर्नु परेको बताउँदै आफूहरुले आंसिक सेवा सुरु गरेको र पूर्ण रुपमा कार्य प्रारम्भ हुन १ देखि २ हत्पासम्म लाग्ने बताएको हो । 

Ncell
Extreme Energy

त्यस्तै विभागले कम्प्युटरमा भाइरस पसेपनि आवेदकको तथ्यांक पूर्ण रुपमा सुरक्षित रहेको दाबी गरेको छ । सूचनामा भनिएको छ, ‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ ।’

विभागले अत्यावश्यक पर्ने सेवाग्राहीहरुका लागि विभागबाट क्रमशः सेवा उपलब्ध गराउन सुरु भइसकेको समेत जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।