नेभिगेशन
सबै कुरा

जापानमा मानव तस्करी प्रकरण : एमालेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडाैँ । जापानमा मानव तस्करीका अभियुक्त एमाले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । 

जापानमा मानव तस्करी आरोपमा पक्राउ परेर जिल्ला प्रहरी परिसरमा अनुसन्धानका लागि हिरासतमा रहेका उनीविरुद्ध मुद्दा नलाउने निर्णय भएको हो । सो प्रकरणमा अनुसन्धान गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले अधिकारीलाई प्रतिवादी बनाउन राय दिएपनि जिल्ला सरकारी वकिल कार्यालयले उनको संलग्नता नदेखिएको बताउँदै मुद्दा नचलाउने निर्णय गरेको हो । 

Dish Home
Global Ime Bank

नक्कली कागजात बनाई जापान छिर्न खोजेपछि जापानको अध्यागमनले मन्त्री सहित ४ जनालाई डिपोर्ट गरेको थियो । कात्तिक १७ गते नेपाल फर्किएका मन्त्रीसहित ४ जनामध्ये ३ जना सोही दिन पक्राउ परे भने अन्य थप ३ जनालाई पनि पक्राउ गरेर प्रहरीको अपराध अनुसन्धान कार्यालयले प्रहरी परिसर काठमाडौँलाई बुझाएको थियो । मन्त्री अधिकारी आरोपबाट बच्न २१ कात्तिकमा राजीनामा बुझाएर बसेका थिए । समाचार तथा सामाजिक संजालमा सरकारको तिव्र आलोचना भएपछि बल्ल उनी माथि अनुसन्धान सुरु भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।