नेभिगेशन
सबै कुरा

स्वर्णिम वाग्लेसँग गोरखाका मतदाताः ‘रविमाथिको अत्याचारले मलाई एकदमै दुखिरहेको छ’

काठमाडौँ । मंसिर १६ गते देशका ४१ स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने स्थानमा चुनावी माहोलले छपक्कै छोपेको छ । सोही अनुसार राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा जुटेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गोरखाकी एक महिलासँग गरेको कुराकानीले अहिले समाजिक सञ्जालमा स्थान ओगटीरहेको छ । 

Ncell
Extreme Energy

डा. वाग्ले आफ्ना पार्टीका उम्मेदवार मंगलबहादुर थापालाई भोट माग्न गोरखाको गोरखा नगरपालिका वडा नम्बर ५ सुवाँरा पुगेका थिए । सो क्रममा उनले एक महिलासँग संवाद गरेका छन् । सार्वजनिक भिडियोमा ति महिलाले आफ्नो नाम नानीमैयाँ बानियाँ बताउँछिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि देशका दुई ठूला दलका नेतृत्वकर्ताले अन्याय गरेको बताउँछिन् । वाग्ले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टिमा भोट हाल्न भन्छन् । त्यसपछि नानीमैयाँ भन्छिन्, ‘म शेर बहादुर र केपी ओलीले रविलाई गरेको अन्याय अत्याचार सहन सकेको छैन ।’

उनले आफू लामिछानेकै छोरी भएकोले रविलाई आफ्नो माइती भाईको दर्जा दिन्छिन् । सो क्रममा रास्वपाका एक व्यक्तिले रास्वपाको झण्डा हातमा थमाइदिन्छन् । उनी थप्छिन्, ‘अत्याचारमा चाहीँ मलाई एकदमै दुखिरहेको छ । त्यसको विरोध गर्ने भोट हालेरै हो । अन्त लड्न जाने ठाउँ छ भनेपनि हामी लड्न जान्छौँ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

यी हुन् कांग्रेस केन्द्रीय समितिका १६ निर्णय

साउन २४ गतेदेखि भदौ १ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले पूर्वनिर्धारित मिति असोज १६–१९ मै पन्ध्रौं महाधिवेशन गर्ने र त्यसका लागि सभापतिको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने...
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।