नेभिगेशन
सबै कुरा

रविको सन्देशसम्बन्धी पोस्टबारे मनिष झाः ‘उहाँहरुको रिट चल्छ भने हाम्रो ट्वीट’


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सोमबार फेसबुकमा पोस्ट गरेको सभापति रवि लामिछानेको सन्देश जानकारी गराउन आवश्यक भएकाले सार्वजनिक गरेको बताएका छन् । उनले सोधिएका प्रश्नको जवाफ दिनका लागि सामाजिक सञ्जाल प्रयोग गरेको बताएका हुन् । 

Ncell
Extreme Energy

‘तपाईँले कसैलाई अभियोग लगाउनुहुन्छ, प्रश्न सोध्नुहुन्छ तर हातखुट्टा बाँधिदिनुभएको छ, थुनाभित्र राख्दिनुभएको छ, मुखमा पनि टेप लगाइरहनुभएको छ, अनि भाला कोचिरहनुभएको छ, बाहिरबाट जवाफ दे जवाफ दे भन्नुहुन्छ । अनी त्यो जवाफ कसरी दिने त ?’ झाले प्रश्न गरे । 

उनले प्रश्न सोधेपछि जवाफ दिन पाउनुपर्ने बताउँदै स्पष्ट पार्नका लागि फेसबुक स्टाटस लेखिएको बताए । झाले सोमबार बिभिन्न सञ्चारमाध्यममा रवि लामिछानेका बारेमा समाचार प्रकाशन भएपछि हिरासतमा रहेका सभापति लामिछानेसँगको कुराकानीको आधारमा समाचारमा आएका विषयको जवाफ दिएका थिए । पछि रास्वपाका सबै नेताहरुले त्यसलाई आफ्नो वालबाट पोस्ट गरेका थिए । 

त्यस्तै झाले कोशी प्रदेशका पूर्वमन्त्री लिलनबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयमा पनि आपत्ति जनाएका छन् । ‘एकतिर चैँ हुँदै नभएको स्क्रिप्ट संगठित रुपमा प्रायोजित रुपमा प्रकाशित गर्न लगाइन्छ । अर्कोतिर चाहीँ अर्को साझेदारले पठाईसकेको पत्रको आधारमा पनि कोशी प्रदेशका पूर्व मन्त्री दोषी भनेर प्रमाण एथेष्ट छ । तर लिएर जाने ठेकेदारलाई चाहीँ, लिलाबल्लध अधिकारीमाथि कुनै प्रक्रिया नचलाइने रे । उहाँले जसलाई ठग्न खोज्नुभएको थियो, ति गरीबहरुलाई ऐन लाग्ने रे ।’ उनले भने, ‘ यो कसरी पक्षपाति व्यवहार भईराखेको छ, कसरी प्रतिशोध भईराखेको छ भन्ने कुरामा यति भईराख्दा पनि हामी नबोली बस्ने ? हामीले लेख्न पनि नहुने भन्ने चाहीँ हुँदैन । उहाँहरुको रिट चल्छ भने हाम्रो ट्वीट चल्छ ।’

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको बिरोध गरेको तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको बिषयलाई पार्टीले प्रभावित पार्न नखोजेको पनि कार्यवाहक प्रवक्ता झाले स्पष्ट पारे । 

चेकका बिषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न उनले आग्रह गरे । पत्रकार सम्मेलनमा रास्वपाका नेताहरुले आफुलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारवाही हुन्छ भने कारवाही भोग्न समेत तयार रहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।