नेभिगेशन
सबै कुरा

रविको सन्देशसम्बन्धी पोस्टबारे मनिष झाः ‘उहाँहरुको रिट चल्छ भने हाम्रो ट्वीट’


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सोमबार फेसबुकमा पोस्ट गरेको सभापति रवि लामिछानेको सन्देश जानकारी गराउन आवश्यक भएकाले सार्वजनिक गरेको बताएका छन् । उनले सोधिएका प्रश्नको जवाफ दिनका लागि सामाजिक सञ्जाल प्रयोग गरेको बताएका हुन् । 

Ncell
Extreme Energy

‘तपाईँले कसैलाई अभियोग लगाउनुहुन्छ, प्रश्न सोध्नुहुन्छ तर हातखुट्टा बाँधिदिनुभएको छ, थुनाभित्र राख्दिनुभएको छ, मुखमा पनि टेप लगाइरहनुभएको छ, अनि भाला कोचिरहनुभएको छ, बाहिरबाट जवाफ दे जवाफ दे भन्नुहुन्छ । अनी त्यो जवाफ कसरी दिने त ?’ झाले प्रश्न गरे । 

उनले प्रश्न सोधेपछि जवाफ दिन पाउनुपर्ने बताउँदै स्पष्ट पार्नका लागि फेसबुक स्टाटस लेखिएको बताए । झाले सोमबार बिभिन्न सञ्चारमाध्यममा रवि लामिछानेका बारेमा समाचार प्रकाशन भएपछि हिरासतमा रहेका सभापति लामिछानेसँगको कुराकानीको आधारमा समाचारमा आएका विषयको जवाफ दिएका थिए । पछि रास्वपाका सबै नेताहरुले त्यसलाई आफ्नो वालबाट पोस्ट गरेका थिए । 

त्यस्तै झाले कोशी प्रदेशका पूर्वमन्त्री लिलनबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयमा पनि आपत्ति जनाएका छन् । ‘एकतिर चैँ हुँदै नभएको स्क्रिप्ट संगठित रुपमा प्रायोजित रुपमा प्रकाशित गर्न लगाइन्छ । अर्कोतिर चाहीँ अर्को साझेदारले पठाईसकेको पत्रको आधारमा पनि कोशी प्रदेशका पूर्व मन्त्री दोषी भनेर प्रमाण एथेष्ट छ । तर लिएर जाने ठेकेदारलाई चाहीँ, लिलाबल्लध अधिकारीमाथि कुनै प्रक्रिया नचलाइने रे । उहाँले जसलाई ठग्न खोज्नुभएको थियो, ति गरीबहरुलाई ऐन लाग्ने रे ।’ उनले भने, ‘ यो कसरी पक्षपाति व्यवहार भईराखेको छ, कसरी प्रतिशोध भईराखेको छ भन्ने कुरामा यति भईराख्दा पनि हामी नबोली बस्ने ? हामीले लेख्न पनि नहुने भन्ने चाहीँ हुँदैन । उहाँहरुको रिट चल्छ भने हाम्रो ट्वीट चल्छ ।’

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा थुनामा राख्ने कामको बिरोध गरेको तर सहकारी प्रकरणमा अनुसन्धान भइरहेको बिषयलाई पार्टीले प्रभावित पार्न नखोजेको पनि कार्यवाहक प्रवक्ता झाले स्पष्ट पारे । 

चेकका बिषयमा अनावश्यक बहस गरेर अतिरञ्जित गर्ने काम नगर्न उनले आग्रह गरे । पत्रकार सम्मेलनमा रास्वपाका नेताहरुले आफुलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दा कारवाही हुन्छ भने कारवाही भोग्न समेत तयार रहेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।

भर्खरै