नेभिगेशन
सबै कुरा

पार्टी अध्यक्ष ओलीको आलोचना गरेको भन्दै एमालेले गर्यो सांसद निलम्बन


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेकपा (एमाले) बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। चौधरीले ओली र पार्टी महासचिव शंकर पोखरेलमाथि साामाजिक सञ्जाल मार्फत आलोचना गरेको र मानहानी हुने कार्य गरेको भन्दै निलम्बन गरिएको हो । 

Ncell
Extreme Energy

नेकपा (एमाले) बाँके जिल्ला कमिटीका अध्यक्ष निरक गुरूङका अनुसार चौधरीले पार्टीलाई हानीनोक्सानी पुर्‍याउने मनसायका साथ सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपश्चात पार्टीले उनलाई स्पष्टीकरण सोधेको तर चित्तबुझ्दो जवाफ नआएको गुरुङको भनाई छ । ‘‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्‍याउने मनसायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो।’, अध्यक्ष गुरुङले पठाएको पत्रमा भनिएको छ, ‘स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जबाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु ।’

बाँके निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित चौधरीलाई पार्टीको नितिनियम विपरित गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेश कमिटिले पनि हटाएको थियो । प्रदेश कमिटिका उपसचिव रहेका उनलाई पार्टीले सदस्यबाट हटाएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपतिद्वारा पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद...
एनपीएल विजेताले डेढ करोड पाउने,  दोस्रो हुनेले ८० लाख

एनपीएल विजेताले डेढ करोड पाउने, दोस्रो हुनेले ८० लाख

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछन्।नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दोस्रो हुनेले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान...
सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

सप्तकोशी नदीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल हुँदा भएका दूर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी

उनले विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।