नेभिगेशन
सबै कुरा

पार्टी अध्यक्ष ओलीको आलोचना गरेको भन्दै एमालेले गर्यो सांसद निलम्बन


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेकपा (एमाले) बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। चौधरीले ओली र पार्टी महासचिव शंकर पोखरेलमाथि साामाजिक सञ्जाल मार्फत आलोचना गरेको र मानहानी हुने कार्य गरेको भन्दै निलम्बन गरिएको हो । 

Ncell
Extreme Energy

नेकपा (एमाले) बाँके जिल्ला कमिटीका अध्यक्ष निरक गुरूङका अनुसार चौधरीले पार्टीलाई हानीनोक्सानी पुर्‍याउने मनसायका साथ सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिपश्चात पार्टीले उनलाई स्पष्टीकरण सोधेको तर चित्तबुझ्दो जवाफ नआएको गुरुङको भनाई छ । ‘‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्‍याउने मनसायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो।’, अध्यक्ष गुरुङले पठाएको पत्रमा भनिएको छ, ‘स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जबाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु ।’

बाँके निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित चौधरीलाई पार्टीको नितिनियम विपरित गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेश कमिटिले पनि हटाएको थियो । प्रदेश कमिटिका उपसचिव रहेका उनलाई पार्टीले सदस्यबाट हटाएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५५ अङ्कले घटेर ४६१ दशमलव शून्य नौमा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ३० अङ्कले घटेर १७९...
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना

उनका अनुसार इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा, बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि हालसम्म आवश्यक भवन निर्माण हुन सकेको छैन ।...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।
प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीले के भने ?

प्रधानमन्त्री बालेन शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गरेका छन् ।

भर्खरै