नेभिगेशन
सबै कुरा

न्यायपरिषद् नियमावली संशोधन विवादमा सर्वोच्च अदालत नै अनुदार: घिमिरे

न्यायपरिषद्ले न्यायाधीश नियुक्तिलाई प्रशासन केन्द्रीत बनाएर नियमावली संशोधन गरेपछि नेपाल बार र न्यायपरिषद् वीच विवाद बाहिर आईरहेका बेला यसका विरुद्धमा परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि अर्को टकराव देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार न्यायपरिषद्ले गरेको नियमावली संशोधनको विरुद्धमा परेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले खारेज गरिदिएपछि नेपाल बार एशोसिएशनले यसलाई अनुदार शैली भनेको छ । 

Ncell
Extreme Energy

हाल कार्यक्रमको सिलसिलामा जापानमा रहेका नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत प्रारम्भिक रुपमै अनुदार देखिएको बताए । उनले सर्वोच्च अदालत प्रारम्भमै अनुदार देखिएको छ र यसले संविधानको धारा १४१ को उपधारा ३ को व्याख्या गर्ने आँट गर्न नसकेको बताए । अध्यक्ष घिमिरेले केहिदिनको जापान कार्यक्रमबाट फर्केपछि नेपाल बारको धारणा बनाउने समेत बताए ।

न्यायपरिषद्ले कर्मचारीलाई बरिष्ठ बनाउने मनसायका साथ नियमावलीमा संशोधन गरेपछि न्यायपालिकाको नेतृत्वप्रति असन्तुष्ट बनेको बारले यसबारे गम्भिर छलफल गर्ने बताएको छ ।

विगतमा न्यायपालिकाको सुधारका लागि नेपाल बारको भूमिका र करिअर जजलाई सिध्याउने गरी ल्याईएको संशोधनले नेपाल बारको अस्तित्व अस्विकार गर्न खोजेको अनुभूति भएको केहि बरिष्ठ अधिवक्ताहरुले बताएका छन्। 

न्यायपरिषद् पहिलो संशोधन नियमावली, २०८० ले अब मुख्य रजिष्ट्रार उच्च अदालतको न्यायाधीश नियुक्ति हुँदा बहालवाला मुख्य न्यायाधीशभन्दा मुनिको वरीयतामा हुनेछन । 

यस्तै सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता र कानून सचिव लगायतका विशिष्ठ श्रेणीका कर्मचारीबाट न्यायाधीश हुने व्यक्तिका हकमा उनीहरुको वरीयता कायम गर्दा सोही पदमा पाएको नियुक्तिकै दिनबाट गणना गरिने भएको  छ । यसरी ल्याईएको नियमावलीको संशोधन भूतप्रभावी समेत भएको कतिपय न्यायाधीशहरुले नै टिप्पणी गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...