नेभिगेशन
सबै कुरा

न्यायपरिषद् नियमावली संशोधन विवादमा सर्वोच्च अदालत नै अनुदार: घिमिरे

न्यायपरिषद्ले न्यायाधीश नियुक्तिलाई प्रशासन केन्द्रीत बनाएर नियमावली संशोधन गरेपछि नेपाल बार र न्यायपरिषद् वीच विवाद बाहिर आईरहेका बेला यसका विरुद्धमा परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेपछि अर्को टकराव देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार न्यायपरिषद्ले गरेको नियमावली संशोधनको विरुद्धमा परेको रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालले खारेज गरिदिएपछि नेपाल बार एशोसिएशनले यसलाई अनुदार शैली भनेको छ । 

Extreme Energy

हाल कार्यक्रमको सिलसिलामा जापानमा रहेका नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत प्रारम्भिक रुपमै अनुदार देखिएको बताए । उनले सर्वोच्च अदालत प्रारम्भमै अनुदार देखिएको छ र यसले संविधानको धारा १४१ को उपधारा ३ को व्याख्या गर्ने आँट गर्न नसकेको बताए । अध्यक्ष घिमिरेले केहिदिनको जापान कार्यक्रमबाट फर्केपछि नेपाल बारको धारणा बनाउने समेत बताए ।

न्यायपरिषद्ले कर्मचारीलाई बरिष्ठ बनाउने मनसायका साथ नियमावलीमा संशोधन गरेपछि न्यायपालिकाको नेतृत्वप्रति असन्तुष्ट बनेको बारले यसबारे गम्भिर छलफल गर्ने बताएको छ ।

विगतमा न्यायपालिकाको सुधारका लागि नेपाल बारको भूमिका र करिअर जजलाई सिध्याउने गरी ल्याईएको संशोधनले नेपाल बारको अस्तित्व अस्विकार गर्न खोजेको अनुभूति भएको केहि बरिष्ठ अधिवक्ताहरुले बताएका छन्। 

न्यायपरिषद् पहिलो संशोधन नियमावली, २०८० ले अब मुख्य रजिष्ट्रार उच्च अदालतको न्यायाधीश नियुक्ति हुँदा बहालवाला मुख्य न्यायाधीशभन्दा मुनिको वरीयतामा हुनेछन । 

यस्तै सर्वोच्च अदालतका रजिष्ट्रार, नायब महान्यायाधिवक्ता र कानून सचिव लगायतका विशिष्ठ श्रेणीका कर्मचारीबाट न्यायाधीश हुने व्यक्तिका हकमा उनीहरुको वरीयता कायम गर्दा सोही पदमा पाएको नियुक्तिकै दिनबाट गणना गरिने भएको  छ । यसरी ल्याईएको नियमावलीको संशोधन भूतप्रभावी समेत भएको कतिपय न्यायाधीशहरुले नै टिप्पणी गरेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।