नेभिगेशन
सबै कुरा

दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते

दाङ । दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१६ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको रा५प ६६५४ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही–१० का ४४ वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए। 

Ncell
Extreme Energy

उक्त दुर्घटनामा बसमा सवार २२ मध्ये ११ जना घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। बस चालक घोराही–१८ फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रण लिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।
कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको अवस्था सिर्जना भएको छ।