नेभिगेशन
समाज

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

काठमाडौँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औ सत्रलाई सम्बोधन गर्दै रूसी विदेशमन्त्री सर्गेई लावरोभले शनिवार सुरक्षा परिषद्मा तत्काल सुधार हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सम्बोधनका क्रममा उनले पश्चिमी देशहरूलाई सुरक्षा परिषदमा थप स्थायी सदस्यता दिने कुराको कडा विरोध गरे । 

Ncell
Extreme Energy

विदेशमन्त्री लावरोभले भने, 'सुरक्षा परिषद्को सुधार अन्तर्गत पश्चिमी देशहरू, खासगरी जर्मनी र जापानलाई कुनै पनि थप सिट दिइनु हुँदैन, किनकि उनीहरू अहिले सैन्यवाद र बदलाको बाटोमा अघि बढिरहेका छन् ।'

उनले सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए । 'हामी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको प्रतिनिधित्व बढाउने पक्षमा छौँ । हामी स्थायी सिटका लागि ब्राजिल र भारतको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दछौँ,' लावरोभले स्पष्ट पारे ।

सुरक्षा परिषद् पुनसंरचना र सुधारबारे सदस्य राष्ट्रहरूबीच लामो समयदेखि छलफल चलिरहेका बेला रूसको यो अभिव्यक्ति आएको हो ।

महासभाको आम बहसका क्रममा रूसका अतिरिक्त मौरिससले पनि सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता दिनुपर्ने पक्षमा आफ्नो समर्थन जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तान आमनेसामने

भारतले शनिवार संयुक्त राष्ट्रसङ्घीय महासभामा पाकिस्तानद्वारा व्यक्त भनाइप्रति कडा आपत्ति जनाएको छ ।