नेभिगेशन
सबै कुरा

महामन्त्री गगन थापालाई सञ्चारकर्मीकाे प्रश्न ‘गिरीबन्धु र भुटानी शरणार्थीबारे आजकाल तपाई किन बोल्नु हुन्न ?’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा शुक्रबार एक पुस्तक विमोचन कार्यक्रममा पुगेका थिए । कैलाश कोइरालाले लेखेको उपन्यास ‘शास्त्र’ विमोचन कार्यक्रमबाट  बाहिरिने क्रममा उनलाई सञ्चारकर्मीले घेरे । 

सामाजिक सञ्जालमा रवि लामिछाने फसाउन सरकारको बचाउमा लागेको भन्ने आरोप झेलिरहेका नेता थापालाई सञ्चारकर्मीले सरकार सञ्चालन, उनको पुराना भ्रष्टाचार विरोधी अभिव्यक्ति र रविका विषयमा प्रश्न गरे ।  सरकारले गरिरहेको काम सन्तोषजनक नरहेको र सरकार फेरिने हल्लाबारे सोधिएको प्रश्नमा थापाले सरकार तत्काल कुनै फेरबदल नहुने स्पष्ट पारे ।


‘अहिले सरकार फेरबदल हुँदैन्,’ उनले भने ।  सरकारको काम कारबाहीबारे उनले सरकारले गर्नुपर्ने डेलिभरी, जसरी गर्नुपर्ने हो त्यसरी गर्न नसकिरहेको बताए । यो विषयमा सबैभन्दा बढी सचेत प्रधानमन्त्री आफै रहनु पर्ने जवाफ गगनले दिए । 

त्यसपछि सञ्चारकर्मीले रवि लामिछाने बारेको प्रमाण दिन नसकेको प्रश्न गगनलाई सोधे । 'संसदमा प्रमाण छ भनेको तपाईँले छानबिन समिति, अदालत कतै पनि प्रमाण दिन सक्नु भएन भन्ने आरोप छ नी ? सो प्रमाण कालो सेतो कस्तो छ ? प्रमाण कहिले देखाउनु हुन्छ ?'  जवाफमा गगनले यो विषय अदालतको भएको भन्दै कुनै टिप्पणी नगर्ने अडान लिए । 

उनले भने, ‘अदालतमा रहेको विषयमा टिप्पणी गर्नु अदालतलाई प्रभावित गर्नु हो । सम्मानित अदालतमा गएको विषय अदालतमै बहस हुन्छ ।’  सञ्चारकर्मीले गगनलाई पुनः प्रश्न गरे, 'संसदमा देखाएको चाहिँ के थियो ?' महामन्त्री थापाले जवाफमा भने, ‘संसदमा देखाएको विषय सम्मानित अदालतमा गएको छ । अदालतमै छलफल हुन्छ । त्यहाँ नै न्याय निरुपण हुन्छ, बहस हुन्छ।'  

सञ्चारकर्मीले पुनः प्रश्न गर्छन्, ‘साच्चै सहकारी ठगिको प्रमाण नै थियो ?’ महामन्त्री थापाले फेरि भन्छन् ‘सो विषय सम्मानित अदालतमा गएको छ । त्यहाँ नै न्याय निरुपण हुन्छ । अदालतमै छलफल हुन्छ, बहस हुन्छ, न्याय निरुपण हुन्छ । एउटा सांसद भएर मैले अदालतको विषयमा बोल्नु शोभनीय हुन्न ।’ 

सञ्चारकर्मीले फेरि सोधे,‘हिजोको फोटोको रविकाे (हिरासतकाे फाेटाे) विषयमा के भन्नु हुन्छ ?’  गगनले भने, ‘अदालतमा जाला । छलफल होला ।’ 

सञ्चारकर्मीले फेरि सोधे, भ्रष्टाचार विषयमा तपाई पहिले जसरी बोल्नु हुन्थ्यो । तर, आज भोलि बोल्न छोड्नु भयो नि किन ? गगन थापा प्रधानमन्त्री बन्ने मान्छे भनेर जनताले हेरेको हो तपाईं । तर, अहिले गगनले देशलाई नेतृत्व गर्न सक्दैन भन्छन् । तपाई हिजो गिरीबन्धु, भुटानी शरणार्थीबारे बोल्नु हुन्थ्यो अहिले किन बोल्नु हुन्न ?

‘प्रत्येक कुराको बोल्ने ठाउँ हुन्छ । संसद संसदीय समितिहरू, जुन ठाउँमा जुनकुराहरुको बोल्नु पर्ने हुन ति कुराहरु बोल्ने कुरामा म सचेत छु, रहनेछु । तपाईंहरुले यस्ता कुराहरु बोल्न पाउनु भएको छ । सोध्न पाउनु भएको छ यो हाम्रा लडाईंले, संघर्षले हो । तपाईंले अहिले सोध्नु भएको, उठाउनु भएको कुराबाट सिक्ने हो । त्यसैले उपयुक्त ठाउँमा उपयुक्त समयमा बोल्ने हो । के कुरा बोल्नु पर्छ भन्ने कुरामा म सचेत छु । ’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी कानून र न्याय प्रणालीको गम्भीर उल्लंघन हो– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको गिरफ्तारीलाई लिएर आपत्ति जनाएका छन्।
तिनाउ बाढीमा ६ घर बगे

तिनाउ बाढीमा ६ घर बगे

तिनाउको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ ।
काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, प्रतिनिधि बन्न केन्द्रीय नेताहरु लालायित

नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन् ।
कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

कालीगण्डकीको बहाव मनसुन अवधिकै उच्च, चारदिने झरीले अहिलेसम्म के–के गर्‍यो?

चार दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको अवस्था सिर्जना भएको छ।