नेभिगेशन
सबै कुरा

मन्थली–लुक्ला ५ दिनयता उडान ठप्प : स्थानीय होटल व्यवसायीको मनपरी, मारमा यात्रु

सोलुखुम्बुको खराब मौसमका कारण पछिल्लो पाँच दिनयता लुक्ला विमानस्थलमा उडान ठप्प छ । मौसम बिग्रिएर रामेछापको मन्थली हुँदै लुक्ला विमानस्थल उड्ने जहाज नचल्दा यतिबेला सयौँ यात्रु मन्थलीमै अलपत्र परेका छन् । उनीहरु मन्थलीमै बास बस्न बाध्य छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

विमान नचल्दा सगरमाथा लगायतका हिमाल आरोहण तथा खुम्बु क्षेत्रको अवलोकनका लागि हिँडेका यात्रु मन्थलीमै साथै अवलोकनपश्चात फर्किएकाहरु लुक्लामै अलपत्र परेका छन् । 

दैनिक ४० उडान हुने गरेको मन्थली– लुक्ला विमानस्थलमा एक हप्तादेखि विमान नचलेकाे मन्थली विमानस्थल प्रमुख उमेशकुमार पन्थी बताउँछन् । ‘सिता, समिट र तारा यअरलाइन्सले दैनिक सरदर ४० उडान भर्ने गरेका थिए, तर मौसम बिग्रिएर पाँच दिनदेखि विमानस्थलमै होल्ड भएर बसेका छन् ।’, उनले भने, ‘यात्रुको चाप एकदमै धेरै छ ।  कोही आउने अनि फर्कने क्रम जारी छ । हेलिकप्टर चार्टड गर्न सक्ने मौसम अलि राम्रो भएको समयमा हेलिकप्टर लिएर जाने गरिरहेका छन्’


उडान रोकिँदा यात्रुहरु मन्थली होटलमा बस्न बाध्य छन् । यहि मौकालाई अवसर छोपेर मन्थलीका होटल व्यवसायीले यात्रुसँग नियमविपरित महंगो शूल्क उठाएको यात्रुहरुको गुनासो छ । 

मन्थलीस्थित ट्रेकिङ गाइडमा कार्यरत दावा छिरिङ लामाले यात्रुहरु खुलेआम ठगिइरहँदा पनि सरकार अनि सरकारका निकाय मुकदर्शक भइरहेको बताए । उनले भने, ‘‘राज्यको आँखा कुर्सीमा पर्यटकको आँखा लुक्लाको मौसममा, रामेछाप होइन अहिले यो ठाउँको नाऊ पैसाछाप भन्दा फरक नपर्ला, चर्को घाम चर्को मूल्य,’।

सोलुखुम्बुमा बाक्लो हुस्सु र कुहिरो लागेका कारणले मन्थली–लुक्ला उडान रोकिएको हो।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...