नेभिगेशन
सबै कुरा

मन्थली–लुक्ला ५ दिनयता उडान ठप्प : स्थानीय होटल व्यवसायीको मनपरी, मारमा यात्रु

सोलुखुम्बुको खराब मौसमका कारण पछिल्लो पाँच दिनयता लुक्ला विमानस्थलमा उडान ठप्प छ । मौसम बिग्रिएर रामेछापको मन्थली हुँदै लुक्ला विमानस्थल उड्ने जहाज नचल्दा यतिबेला सयौँ यात्रु मन्थलीमै अलपत्र परेका छन् । उनीहरु मन्थलीमै बास बस्न बाध्य छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

विमान नचल्दा सगरमाथा लगायतका हिमाल आरोहण तथा खुम्बु क्षेत्रको अवलोकनका लागि हिँडेका यात्रु मन्थलीमै साथै अवलोकनपश्चात फर्किएकाहरु लुक्लामै अलपत्र परेका छन् । 

दैनिक ४० उडान हुने गरेको मन्थली– लुक्ला विमानस्थलमा एक हप्तादेखि विमान नचलेकाे मन्थली विमानस्थल प्रमुख उमेशकुमार पन्थी बताउँछन् । ‘सिता, समिट र तारा यअरलाइन्सले दैनिक सरदर ४० उडान भर्ने गरेका थिए, तर मौसम बिग्रिएर पाँच दिनदेखि विमानस्थलमै होल्ड भएर बसेका छन् ।’, उनले भने, ‘यात्रुको चाप एकदमै धेरै छ ।  कोही आउने अनि फर्कने क्रम जारी छ । हेलिकप्टर चार्टड गर्न सक्ने मौसम अलि राम्रो भएको समयमा हेलिकप्टर लिएर जाने गरिरहेका छन्’


उडान रोकिँदा यात्रुहरु मन्थली होटलमा बस्न बाध्य छन् । यहि मौकालाई अवसर छोपेर मन्थलीका होटल व्यवसायीले यात्रुसँग नियमविपरित महंगो शूल्क उठाएको यात्रुहरुको गुनासो छ । 

मन्थलीस्थित ट्रेकिङ गाइडमा कार्यरत दावा छिरिङ लामाले यात्रुहरु खुलेआम ठगिइरहँदा पनि सरकार अनि सरकारका निकाय मुकदर्शक भइरहेको बताए । उनले भने, ‘‘राज्यको आँखा कुर्सीमा पर्यटकको आँखा लुक्लाको मौसममा, रामेछाप होइन अहिले यो ठाउँको नाऊ पैसाछाप भन्दा फरक नपर्ला, चर्को घाम चर्को मूल्य,’।

सोलुखुम्बुमा बाक्लो हुस्सु र कुहिरो लागेका कारणले मन्थली–लुक्ला उडान रोकिएको हो।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...

भर्खरै