नेभिगेशन
सबै कुरा

अख्तियारको नङ्ग्रा दारा दुवै भाँचिए, अब यसको न डर रह्यो न भर : रवि लामिछाने

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कुनै डर बाँकी नरहेको टिप्पणी गरेका छन् । उनले ठूला भ्रष्टाचारका मुद्दामा अख्तियारको भूमिका माथि प्रश्न गर्दै अब अख्तियारको डर र भर दुबै नभएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि छलफल भएको थियो । उक्त छलफलको क्रममा बोल्दै लामिछानेले अख्तियारले ठूला माछा समाउनै नसकेको बताएका हुन् । अख्तियारले पछिल्लो समय सहसचिव र सचिव भन्दा माथिका कसैलाई मुद्दा नचलाएको भन्दै ठूला माछा खोई भनी प्रश्न गरे । 

Ncell
Extreme Energy

उनले लडाकु शिविरमा भएको घोटालाको छानबिन, वाइडबडी खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले ४ अर्ब अनियमितता भएको निष्कर्षसहित गरेको सिफरिस, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता प्रकरण लगायतका ठूला काण्डहरुको छानबिन के भईरहेको छ भन्नेबारेमा अख्तियारबाट ठोस जवाफ नआएको पनि बताए । उनले प्रश्न गरे, ‘छानबिन हुँदैछ भन्ने रेडिमेड जवाफ कहिलेसम्म सुन्नुपर्ने हो ?’  

यो अवस्थाका कारण नागरिकस्तरमा अख्तियारको डर भएपनि उच्च ओहोदा र ठूला मान्छेहरुलाई अख्तियारको डर बाँकी नरहेको बताएका छन् । उनले भने, ‘कानून बनाउन कन्जुस्याईँ गरौँ भनेको होइन, भएको कानूनमा काम गरेका छौँ कि छैनौँ ?’ 

अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटेको र दोषी ठहर हुनेहरुको संख्या निकै कम रहेकाले अख्तियारको प्रभावकारिता घट्दै गएको मूल्यांकन गरे । एन्फामा तत्कालिन अध्यक्ष गणेश पराजुलीले भ्रष्टाचार गरेको औंंल्याउँदा अख्तियारले किन देखेन भनेर प्रश्न गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।