नेभिगेशन
सबै कुरा

इसेवामा समस्यानै समस्या, हप्तामै ३ पटक सेवा अवरुद्ध

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवामा आजपनि समस्या देखिएको छ । कम्पनीले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना जारी गर्दै समस्या आएको जानकारी गराएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इसेवाले सार्वजनिक गरेको सूचनामा प्राविधिक कठिनाई आएको उल्लेख गरेको छ । “प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं ।’’, इसेवाले भनेको छ । 

Ncell
Extreme Energy

त्यस्तै समस्या समाधानमा आफ्ना प्राविधिक टोली पनि लागिरहेको जनाउँदै सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी समेत मागेको छ । ‘‘हाम्रो प्राविधिक टोली चाँडो भन्दा चाँडो यसको समाधान गर्न सक्रिय रूपमा लागि परेको छ । यसबाट पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र यस समयमा तपाईँको धैर्य र सहयोगको अपेक्षा गर्दैछौं ।” सूचनामा भनिएको छ । 

कम्पनीले आफूहरुको सेवामा समस्या आएको भन्दै सूचना निकालेपनि यो इसेवाको पहिलोपटक देखा परेको समस्या भने हैन । 

इसेवामा पछिल्लो पटक गत मंगलबार पनि समस्या देखा परेको थियो । त्यो बेला समेत कम्पनीले प्राविधिक समस्या देखाउँदै माफी मागेको थियो । 

त्यस्तै कम्पनीले गत शनिबार समेत एक सूचना जारी गर्दै आइतबार ५ घण्टाका लागि सेवा अवरुद्ध हुने जनाएको थियो । 

यी त पछिल्लो एक हप्ताको बिचमा इसेवामा देखिएका समस्याका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्ला दिनमा इसेवाको समस्या दिनहुँजसो देखा पर्न थालेको छ । 

कम्पनीको सेवा अवरुद्ध हुँदा प्रयोगकर्ताहरु मारमा पर्ने गरेका छन् तर कम्पनीले भने क्षमा मागेर उम्किने गरेको छ । 

एफवान सफ्टको खाताको साढे ३ करोड रुपैयाँ हुण्डीको रकम तिर्न प्रयोग, तीन महिना देखि घटना गुपचुप

अन्तर्राष्ट्रिय हवाइ टिकटमा इसेवाको लापरवाही : यात्रुलाई जानकारी नदिई टिकट क्यान्सिल, पैसा फिर्ता माग्दा उल्टै धम्की(भिडियो)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् ।
कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी

कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अर्को साता सार्वजनिक गर्ने तयारी

“दसैँको समयमा पनि हामी खाली नबसी नेपालको स्थितिपत्रको मस्यौदा तयार भई सरोकारवालाको सुझाव संकलन गरिरहेका छौँ । कसरी नेपालको स्थितिपत्रलाई कसिलो बनाउन सकिन्छ भनेर लागिरहेका छौं,” उनले भने,...
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।